मधेश प्रदेशका स्वतन्त्र सांसद अनिरुद्ध सिंहको पद निलम्बन
नेपालबहस संवाददाता
भदौ २०, २०८० बुधबार १२:४३:२५
२० भदौ, काठमाडौं । ज्यान मुद्दामा पक्राउ परी जेल चलान भएका मधेश प्रदेशका स्वतन्त्र सभासद अनिरुद्ध प्रसाद सिंह यादवको पद निलम्वन भएको छ । जिल्ला अदालत सप्तरीले उनलाई मंगलबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।
जेल चलान भएसँगै यादवको सांसद पद निलम्बित भएको उनको सचिवालयले बुधबार जनाएको छ । मुद्दाको अन्तिम टुंगो नलागेसम्म उनको सांसद पद निलम्बनमा रहनेछ । बोदेबर्साइन नगरपालिका–५ यादव गत आमचुनावमा सप्तरी ४ (ख) मा स्वतन्त्र उम्मेदवार बनेर प्रत्यक्ष निर्वाचित भएका थिए । यादवलाई राजविराज कारागारमा राखिएको छ ।
उनीविरुद्ध २०६४ असार ९ गते तत्कालीन खोक्सरप्रवाहा गाविस–१ का तत्कालीन नेकपा (माओवादी)का नेता भिपु भनिनु ३२ वर्षीय दिपु भन्ने गोविन्द चौधरीको अपहरणपछि नेङ्गडा गाविस–५ वैरिया टोलमा गोली प्रहार गरी हत्या गरिएको घटनामा संलग्नताको अभियोग छ । घटनाको १७ वर्षपछि यादवलाई पक्राउ गरी पुर्पक्षका लागि थुनामा पठाइएको छ ।
चौैधरीकी दिदी रीताकुमारीले असार १४ मा सप्तरी प्रहरीमा यादवसहित ९ जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । जाहेरी परेपनि उनी फरार रहँदै आएका थिए । पछि जसपामा लागेर राजनीतिक प्रभावमा जोगिँदै आएपनि गत चुनावमा जसपाले टिकट नदिँदा उनी स्वतन्त्र उठेका थिए । त्यसपछि उनको राजनीतिक शक्ति कमजोर बन्दै गएको अवस्थाबीच प्रहरीले मुलतबीमा राखिएको फाइल खोलेर पक्राउ गरेको हो । उनको पक्राउमा जसपासँगको तिक्तता कारक रहेको बताइन्छ ।
अहिले मधेश प्रदेशशमा जसपा नेतृत्वको सरकार छ भने केन्द्रमा माओवादी नेतृत्वको सरकार छ । प्रधानमन्त्री प्रचण्डले पुराना ठूला काण्डका फाइल खाेल्ने र दाेषीलाइ कारवाहीकाे दायरामा ल्याउने क्रम नराेकिने बताइरहेका बेला यादव डेढ शक पुरानाे हत्या घटनामा जेल परेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदशैं, तिहार र छठमा ५ करोडको फूल किनबेच
कात्तिक २६, २०८१ सोमबार
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदै
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
महानगरको जरिवाना पत्र एमालेले बुझ्न मानेन
मंसिर ९, २०८१ आइतबार
मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने शहरबीच भगिनी सम्बन्ध
मंसिर ९, २०८१ आइतबार
देउवाले उमेश श्रेष्ठलाई बनाए कांग्रेसको कोषाध्यक्ष
मंसिर ९, २०८१ आइतबार
नारायणी अस्पतालमा ‘मेमोग्राम’ जडान अन्तिम चरणमा
मंसिर ९, २०८१ आइतबार
व्याँसी सौका समुदाय खलङ्गा झर्दै
मंसिर ९, २०८१ आइतबार