काठमाडौंमा चोरीका मोटरसाइकल नम्बर परिवर्तन गरेर चलाइरहेकाे अवस्थामा २ जना पक्राउ
नेपालबहस संवाददाता
भदौ २०, २०८० बुधबार १५:१४:३५
२० भदौ, काठमाडौं । काठमाडौंंका विभिन्न स्थानबाट चोरीका मोटरसाइकलसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका १६ बालाजुस्थित चप्पलकारखानाबाट ट्राफिक प्रहरीको चेकजाँचका क्रममा मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा नुवाकोटको सुर्यगढी गाउँपालिका २ घर भइ हाल काठमाडौँको लोलाङ बस्ने ४५ वर्षीय दिपेन्द्र तामाङ र नुवाकोटकै लिखु गाउँपालिका २ घर भइ काठमाडौंको बाइपास बस्ने २८ वर्षीय सन्तोष घले रहेका छन् ।
गत जेठ २ गते काठमाडौँको मनमैजुबाट बागमती प्रदेश ०२–०२७ प ७५८० नम्बरको र गत जेठ २९ गते टोखा नगरपालिका–१ झोरबाट बागमती प्रदेश ०२–०२२ प ४४ ५४ नम्बरको २ सय २० सीसीको पल्सर मोटरसाइकल हराएको उजुरीका आधारमा आकस्मिक चेकजाँच गर्दा फेला परेको हो ।
उक्त मोटरसाइकलहरु वास्तविक नम्बर परिवर्तन गरी प्रदेश ३–०२–००७ प ३३ ९९ नम्बर राखी चलाइरहेको अवस्थामा तामाङलाई र बागमती प्रदेश ०२–०१८ प ०००८ नम्बर राखि चलाइरहेको अवस्थामा घलेलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पीडित सहायता ईकाइबाट खटिएको टोलीले मोटरसाइकलसहित पक्राउ गरेको हो ।
तामाङलाई प्रहरी वृत्त बालाजु र घलेलाई प्रहरी वृत्त महाराजगञ्जमा थप अनुसन्धान तथा कारबाहीका लागी पठाइएको छ । सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन समेत ट्राफिक कार्यालय रामशाह पथले अनुरोध गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहिउँदमा पनि हटेन वाग्मती करिडोरको कालो पुलमुनि पानी जम्ने समस्या
पुष १, २०८१ सोमबार
एग्रो पुलिङ कार्यविधि’ र ‘लहरेबत्ती व्यवस्थापन कार्यविधि’ २०८१ स्वीकृत
मंसिर २४, २०८१ सोमबार
कारागारमा चाप बढेपछि कैदीबन्दी स्थानान्तरण
मंसिर २१, २०८१ शुक्रबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार