बालबालिकाको ‘राधाकृष्ण ’ बन्ने रहर
नेपालबहस संवाददाता
भदौ २०, २०८० बुधबार १६:४:१७
२० भदौ, टीकापुर । कैलालीको जोशीपुरका लक्ष्मी पाण्डेकी छोरी अहिले १४ वर्षकी भइन् । हरेक वर्ष कृष्ण जन्माष्टमीमा राधा बन्दै गरेकी पाण्डेकी छोरीले यस वर्ष पनि रहर गरिन् । परिवारका सदस्यलाई पोसाक किनिदिन जिद्दी गरिन् । छोरीका लागि पोसाक खरिद गर्न बजार हिँडेका पाण्डेले एक वर्षको हुँदा देखि छोरीलाई राधा बनाउने गरेको बताए ।
‘‘सानी हुँदा हामीले रहर ग¥यौँ, अहिले ठूली भएपछि छोरीले रहर गर्न थालेकी छिन्’’, पाण्डेले भने, ‘‘अब ठूली भइन, यसपटक हाम्रो रहर थिएन, तर छोरीले जिद्दी गरेपछि कपडा किन्नुपर्याे ।’’टीकापुरकी सिर्जना थापाका दुई छोराछोरीले पनि आज राधाकृष्ण बन्नका लागि मंगलबार पोसाक किनिसकेका छन् । सिर्जनाका छोराछोरी पनि जन्माष्टमीमा राधा कृष्णको पोसाक लगाउने, बालगोपालले गर्ने क्रियाकलाप गरेर घरमा रमाइलो गर्ने गर्दछन् ।
पछिल्लो समय विद्यालयमा पनि जन्माष्टमीको अवसरमा साना बालबालिकालाई बालगोलाप तथा राधाको पोसाक लगाएर संस्कृति तथा परम्परा चिनाउने गरिन्छ ।
बालबालिकालाई भगवान कृष्णको जीवनी पढाउँदै यो पर्वमा गरिने हरेक क्रियाकलाप गरेर रमाइलो गर्ने चलन रहेको शिक्षक पूर्ण विक बताउछन् । ‘‘पछिल्लो समय हरेक विद्यालयमा कार्यक्रम हुन थालेका छन्, यो समयमा धार्मिकसँगै सांस्कृतिक कार्यक्रम, मट्का फोड कार्यक्रम गर्ने गरिन्छ’’, उनी भन्छन्, ‘‘विद्यालयमा हरेक पर्व मनाउने अभ्यास थालिएको छ । यसले बालबालिकालाई पनि सिकाइ हुन्छ ।’’सनातन संस्कृति प्रतिष्ठान नेपाल टीकापुरका अध्यक्ष नारायणप्रसाद तिमिल्सिना बालगोपालका आनीबानीमा प्रेरित भएर बालबालिका पनि यसमा रमाउने गरेको पाइएको बताउछन् । ‘‘बाललिला, दही चोर लीला अनुकरण गर्ने र आस्था प्रकट गरिन्छ, भगवान कृष्णको लीलालाई दोहोर्याएर बालबालिकाले कृष्ण, राधा बन्ने, सामूहिक रुपमा मट्का फोड्ने काम गरेको पाइन्छ’’, उनी भन्छन्, ‘‘यसले आत्मियता, सामूहिक कार्य गर्ने भावनाको विकास हुन्छ । एकआपसमा सद्भाव बढाउन सघाउँछ ।’’उहाँका अनुसार सामान्यतया पर्व आस्था प्रकट गर्न, एक अर्कामा सद्भाव र मायाप्रेम साट्न, संस्कृति जोगाउन गरिन्छन् ।
‘‘पर्वमा देखिएका उत्ताउलापन रोक्नुपर्छ । पर्वकोस्वरुप विकृत गर्नुहुँदैन’’,उनी भन्छन्, ‘‘हरेक पर्व क्षमता हेरे मनाउनुपर्छ । पर्वको स्वरुप विकृत भएमा समाज पनि विकृत हुन्छ ।’’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज जन्म लिने बच्चा सिंह राशीको हुने
मंसिर ८, २०८१ शनिबार
मिथुन राशी भएकाहरुको लागि आज राम्रो समय छ
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपतिद्वारा ढुङ्गानाका परिवारप्रति समवेदना
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द
मंसिर ८, २०८१ शनिबार
काठमाडौं उपत्यकाको बागमती कोरिडोर क्षेत्रको बाढीबस्तीमा सरकारको अझै पुगेन ध्यान
मंसिर ८, २०८१ शनिबार
विभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार