खुकुरी प्रहारबाट घाइते कांग्रेस सहमहामन्त्री यादव खतरामुक्त
नेपालबहस संवाददाता
भदौ २०, २०८० बुधबार १६:१७:४४
२० भदौ,काठमाडौं । बुधबार दिउँसो भृकृटीमण्डमा आयोजित कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा खुकुरी आक्रमणमा परी घाइते भएका नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको स्वास्थ्य अवस्था खतरामुक्त रहेको जनाएका छन् ।
रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा सहभागी भएर निस्किने क्रममा अभियन्ता भनिने नुवाकोट विदुर नगरपालिका–७ का श्यामबहादुरले झोला लुकाएर ल्याएको खुकरीले हानेका थिए । खुकुरीले यादवको टाउकोमा चोट लागेको छ । रक्तमुछेल भएका यादवलाई तत्काल सुरक्षाकर्मीले उद्धार गरी वीर अस्पतालको ट्रमा सेन्टर पुर्याएर उपचार गराइरहेको छ ।
उनको अवस्था खतरामुक्त रहेको उपचारका संलग्न चिकित्सकहरुले बताएका छन् । उनलाई आजै डिस्चार्ज गरिने बताइएको छ । खुकुरी प्रहार गर्ने सापकोटालेआफू राजावादी दाबी गरेका छन् । सापकोटालाई सिंहदरबार वृत्तमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सापकोटा साक्षात्कार कार्यक्रममा दर्शकदीर्घमा बसेर यादवको भाषण सुनेका थिए । भाषणका क्रममा सुन तस्करी, भुटानी शरणार्थी प्रकरण, ललितानिवास प्रकरणमा सरकारले चालेको कदमको विरोधमा धारणा राखेको र त्यो सुनेर रिस उठेपछि खुकुरी हानेको सापकोटाले प्रारम्भिक बयान दिएको बताइएको छ । उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता बालकृष्ण खाणलाई फसाइएको धारणा राखेका थिए ।
तर त्यही विषय मात्र घटनाका कारण नहुन सक्ने भन्दै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ पर्दै गर्दा उनले राजातन्त्रको पक्षमा नारा समेत लगाएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
खेतमा भेटिएको नवजात शिशुको जिम्मा सहनी परिवारलाई
मंसिर ११, २०८१ मंगलबार
अब हिंसाका तथ्याङ्क र घटना कम गर्न आवश्यक छ : महानगर प्रमुख महर्जन
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार