क्रिकेटको विकासका लागि, पूर्वाधारमा लगानी गर्न कप्तान पौडेलको आग्रह
नेपालबहस संवाददाता
भदौ २०, २०८० बुधबार १६:२५:३०
२० भदौ, काठमाडौं । राष्ट्रिय क्रिकेट टोलिका कप्तान रोहित पौडेलले, क्रिकेटको विकासका लागि अब पूर्वाधारमा लगानी ढिला गर्न नहुने बताएका छन् ।
एसिया कप खेलेर स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग उनले प्रयाप्त तयारी विना सफलता हासिल हुन नसक्ने भन्दै अब भौतिक पूर्वाधारमा लगानी गर्न आवश्यक रहेको बताए ।
‘अब चाहिँ हाई टाइम भइ सक्यो, इन्फ्रास्ट्रक्चर (पूर्वाधार)मा इन्भेस्ट (लगानी) गर्नुपर्छ। जहिल्यै पनि ती कुराहरुमा संघर्ष गरिरहेका हुन्थ्यौँ हामी।’ उनले भने ‘डोमेस्टिक स्ट्रक्चर छैन केही पनि। प्रत्येक प्रदेशमा ग्राउन्ड खासगरी पिचहरु भयो भने तयारी गर्न सकिन्छ।’
यो खेलबाट नेपालले धेरै कुरा सिक्न सकेको उनले बताए । विशेष गरी भारतसंग नेपालको खेलबाट आफू धेरै खुसी भएको बताए । विश्वका उत्कृष्ट बलरहरुलाई सामना गर्न नेपाली टोली सफल हुनु नै ठुलो कुरा भएको उनले बताए। एसिया कपमा नेपालले विश्व क्रिकेटका दुई महाशक्ति भारत र पाकिस्तानसँग खेलेको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार
यु–१९ एसिया कपः श्रीलङ्काले दियो नेपाललाई दुई सय ३४ रनको लक्ष्य
मंसिर १४, २०८१ शुक्रबार
जनकपुर बोल्ट्स र नेपाल सेरामिक इण्डस्ट्रीबीच डेकोर पार्टनरमा सम्झौता
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता
मंसिर १४, २०८१ शुक्रबार
मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार : नेता डा कोइराला
मंसिर १४, २०८१ शुक्रबार
रौतहटमा खोलामा नुहाउन गएका दुई युवकको डुबेर मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
मतगणनाको अद्यावधिक परिणाम आयोगको बेवसाइटमा हेर्न सकिने
मंसिर १४, २०८१ शुक्रबार
शुक्लाफाँटामा बाघ गणना सुरु
मंसिर १४, २०८१ शुक्रबार
‘जनकपुर बोल्ट्स’ को डेकोर पार्टनरमा नेपोभिट टायल्स
मंसिर १४, २०८१ शुक्रबार