जोशी हाइड्रोपावरले बोलायो एजीएम, के-के छन् एजेण्डा ?
नेपालबहस संवाददाता
भदौ २१, २०८० बिहिबार ११:१२:१७
२१ भदौ, काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले अघिल्लो आर्थिक वर्ष (२०७/७९) को वार्षिक साधारण सभा भदौ ३१ गते बोलाएको छ ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः०.६५ अनुपात (६५ प्रतिशत) मा हकप्रद शेयर निष्काशन गर्ने मुख्य प्रस्ताव सभामा पेस गर्ने भएको छ ।
हकप्रद निष्काशन पश्चात् पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । साधारण सभामार्फत संस्थापक समूहबाट १ जना र सर्वसाधारण समूहबाट पनि १ जना गरी कुल २ जना सञ्चालकहरुको निर्वाचन गर्ने एजेन्डा गरेको छ । सभा लिसारा बेंक्वेट हल, नक्साल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
साधारण सभा प्रयोजनका लागि भदौ १८ गते बुक क्लोज हुने भएकाले भदौ १७ गतेसम्म कायम रहने शेयरधनी मात्र सभामा भाग लिन सक्नेछन् । हाल जोशीको चुक्ता पुँजी ३७ करोड १४ लाख रूपैयाँ रहेको छ । उक्त पुँजीमा प्रस्तावित ६५ प्रतिशत हकप्रद शेयर जारी भएमा चुक्ता पुँजी ६१ करोड २८ लाख १० हजार रूपैयाँ पुग्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफरवार्ड माइक्रोफाइनान्सको साधारण सभाद्वारा बोनस शेयर वितरणको प्रस्ताव पारित
मंसिर ३०, २०८१ आइतबार
कुमारी क्यापिटल र भारतको ध्रुव क्यापिटल सर्भिसेजबीच सहकार्य गर्ने सम्झौता
मंसिर २८, २०८१ शुक्रबार
साढे ४९ अर्ब बराबरको आईपीओ जारी गर्न ८० कम्पनी पाइपलाइनमा
मंसिर २२, २०८१ शनिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
विमानस्थल यातायात चालकको बोली र व्यवहार राम्रो हुनुपर्छ: पर्यटन राज्यमन्त्री
पुष १८, २०८१ बिहिबार
सूर्यदर्शन सहकारी ठगी मुद्दामा जाहेरवाला तर्फका ६ जना कानुन व्यवसायीले गरे बहस
पुष १८, २०८१ बिहिबार