नेपालको गाँजा र चरेश हङकङको एयरपोर्टमा, डीएसपी नेतृत्वमा छानबिन समिति
विराट ग्लोबल नामक कार्गो र सई पनेरुको संलग्नता रहेको आशंका
नेपालबहस संवाददाता
भदौ २१, २०८० बिहिबार १२:५०:२९
२१ भदौ, काठमाडौं । नेपालको विमानस्थल भएर हङकङमा लागूऔषध गाँजा र चरेश जाने गरेकाे पाइएकाे छ । नेपालमा उत्पादित लागूऔषध मानिने गाँजा चरेस हङकङ पुगेको स्रोतले जनाएको छ । हङकङ विमानस्थलमा नेपालबाट गएको सामान बरामद भएपछि मात्रै नेपाल प्रहरीले त्यस बारेमा जानकारी पाएको छ । सो विषयमा छानबिन गर्न लागूऔषध नियन्त्रण ब्यूरोले डीएसपीको संयोजकत्वमा छानबिन समिति बनाएको छ ।
प्रहरी उच्च स्रोतले दिएको जानकारी अनुसार साउन २६ गते नेपाल एयरलाइन्सको विमानमार्फत गाँजा र चरेस हङकङ पुगेको हो । विराट ग्लोबल प्राइभेट लिमिटेडले पठाएको सामानमा गाँजा र चरेश भेटिएको हो । हङकङ प्रहरीले सो गाँजा चरेस बरामद गरेपछि नेपाल प्रहरीलाई जानकारी गराएको थियो ।
साउन ३१ गते हङकङ प्रहरीले पत्राचार गरी नेपाली अधिकारीलाई जानकारी गराएको भएपनि यसलाई गुपचुप राखिएको थियो । व्युरोले डीएसपी अनन्तराम शर्माको नेतृत्वमा छानबिन समिति बनाएकाे छ । ‘छानबिन चलिरहेको छ, उता कति परिणाम गएको हो भन्ने जानकारी आएको छ, त्यस बारेमा के कसरी कमजोरी भयो भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ’, प्रहरी स्रोतले भन्यो ।
गत साउन २६ गते नै सो गाँजा र चरेश हङकङ गएको खुलेको छ । कार्गो चेकिङमा वरिष्ठ सई निरञ्जन पनेरुकाे डियूटी भएकाले त्यसमा उनको भूमिका कस्तो छ भनेर अनुसन्धान भइरहेको छ । व्यूरोले दिएको जानकारी अनुसार प्रहरी सहायक निरीक्षक (असई)द्वय कैलाश राउत र विष्णुबहादुर थापासहित हवल्दार निरकुमारी राई र प्रदीप बस्नेत समेत त्यहाँ खटिएका थिए । पनेरुकै संलग्नतामा गाँजा चरेस बाहिरिएको हुनसक्ने व्यूरोको आशंका छ । यद्यपि सो विषयमा अनुसन्धान भइरहेकाले केही जानकारी दिइएको छैन ।
विराट ग्लोबल प्राइभेटका सञ्चालकसँग पनेरुको सम्बन्ध रहेको खुलेको स्रोतले बतायो । कार्गोमार्फत गाँजा चरेस पठाउँदा वरिष्ठ सई पनेरुले नै सहजीकरणका लागि निर्देशन दिएको ब्यूरोको प्रारम्भिक छानबिनमा देखिएको छ ।
पनेरु विगत नौ वर्षदेखि लागुऔषध नियन्त्रण ब्यूरोमा कार्यरत छन् । उनी यसअघि समेत विवादमा मुछिएका प्रहरी कर्मचारी हुन् । त्यति बेला उनलाई २ नम्बर प्रहरी गण (सामाखुसी)मा तानिएको थिए । शक्तिकेन्द्रको दवावमा उनी पुनः सोही ब्यूरोमा फर्किएका थिए ।
ब्यूरोको प्रारम्भिक छानबिनका क्रममा किताबका रूपमा ‘प्याकिङ’ गरेर गाँजा चरेस तस्करी गरिएको देखिएको छ । त्यसलाई बिना चेकिङ पठाइएको समेत खुलेको छ । केही वर्ष अघि नेपाली गलैँचामा पनि गाँजा चरेश बाहिरिने गरेको भन्दै कुटनीतिज्ञहरूले नेपाल सरकारको ध्यानाकर्षण गराएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार