बालकृष्ण खाणसहित २० जनाको रिट न्यायाधीश पौडेल र अधिकारीको इजलासमा
नेपालबहस संवाददाता
भदौ २१, २०८० बिहिबार १२:११:४७
२१ भदौ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा पुर्पक्षका लागि विभिन्न जेलमा रहेका थुनुवाहरुले उच्च अदालतमा पाटनमा दायर गराएका रिट निवेदनको पेसी न्यायाधीश सुभाष पौडेल र दीपेन्द्रअधिकारीको संयुक्त इजलासमा परेको छ । बिहीबार सुनुवाइका लागि पेसी तोकिएको छ ।
नक्कली शरणार्थी प्रकरणमा सरकारी लिखत कीर्ते, ठगी, राज्यविरुद्ध कसुर र संगठित अपराध कसुरमा थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेशको बदरको माग गर्दै नेपाली कांग्रेसका नेता समेत रहेका बालकृष्ण खाण, एमालेका नेता समेत रहेका टोपबहादुर रायमाझी, नेपाल सरकारका निलम्बित सचिव टेकनारायण पाण्डले लगायत २० जनाले गएको साउन १२ देखि विभिन्न मितिमा दायर रिट निवेदनमा सुनुवाइ हुने भएको हो ।
हाल खाण, रायमाझी, पाण्डे, रायमाझीका पुत्र सन्दीप, इन्द्रजित राई, आङटावा शेर्पा, सानु भण्डारी, सन्देश शर्मा, टंककुमार गुरुङ, केशव दुलाल, नरेन्द्र केसी लगायत २३ जना थुनामा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुर्गा प्रसाईंलाई धरौंटीमा रिहा गर्न अदालतको आदेश
मंसिर २७, २०८१ बिहिबार
कास्की जिल्ला अदालतले ५ दिन थप्यो रविको म्याद
मंसिर २७, २०८१ बिहिबार
प्रसाईंको बयानः कम्बोडियामा ओलीको साढे ३२ अर्ब लगानी छ भनेर साथीले पठायो, मैले सार्वजनिक गरे
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार