मुख्यमन्त्री थापाविरुद्धको रिटमा तेस्रो दिनको सुनुवाइ जारी
नेपालबहस संवाददाता
भदौ २१, २०८० बिहिबार १२:५१:१७
२१ भदौ, काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पाएको विश्वासको मत विरुद्ध एमालेका नेता हिक्मतकुमार कार्कीले दायर गराएको रिट निवेदनमाथि सर्वोच्च अदालतमा तेस्रो दिनको सुनुवाइ सुरु भएको छ ।
सोमबारबाट सुरु भएको सुनुवाइ दोस्रो दिन मंगलबार नसकेपछि आजका लागि हेर्दहेर्दैमा राखेको थियो । बुधबार कृष्ण जन्मष्टमीको सार्वजनिक बिदा भएकाले बिहीबार सुनुवाइ निरन्तर हुने गरी पेशी तोकिएको थियो ।
रिटको सुनुवाइ न्यायाधीश सपना प्रधान मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा सुनुवाइ जारी छ । अहिले रिटका विपक्षीका वकिलले बहस गरिहरेका छन् । विपक्षीबाट बहस सकिएपछि रिट निवेदकका वकिलले जवाफी बहस गर्नेछन् । जवाफी बहस सकेमा आजै फैसला आउनेछ ।
कार्कीले मुख्यमन्त्री थापाले भदौ ४ मा प्रदेशसभाबाट लिएको विश्वासको मत असंवैधानिक रहेको भन्दै बदरको माग गर्दै भदौ ६ मा रिट दायर गराएका थिए ।
कार्कीले वर्तमान थापा नेतृत्वकाे वर्तमान सरकार बदर गरी धारा १६८को उपधारा ३ अनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपा (एमाले)को तर्फबाट आफ्नो नेतृत्वमा सरकार गठन गर्ने परमादेश माग गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुर्गा प्रसाईंलाई धरौंटीमा रिहा गर्न अदालतको आदेश
मंसिर २७, २०८१ बिहिबार
कास्की जिल्ला अदालतले ५ दिन थप्यो रविको म्याद
मंसिर २७, २०८१ बिहिबार
प्रसाईंको बयानः कम्बोडियामा ओलीको साढे ३२ अर्ब लगानी छ भनेर साथीले पठायो, मैले सार्वजनिक गरे
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार