जर्मन दूतावासको ध्यानाकर्षण होस्, भिसाका लागि 'डेट' लिइदिने र फर्म भर्ने नाममा लुटैलुटै !

नेपालबहस संवाददाता
भदौ २१, २०८० बिहिबार १३:१७:४७

२१ भदौ, काठमाडौं । नेपालस्थित जर्मन दूतावासको गेटै अगाडि रहेका कन्सल्टेन्सीहरूको लुटधन्दा मौलाइरहेको छ । प्रवेशाज्ञा भिसाका लागि अन्तर्वार्ताको 'डेट' लिनका लागि कन्सल्टेन्सीले लुट मच्चाउने गरेका हुन् । आफ्नै दूतावासको अगाडि यसरी सर्वसाधारण ठगिरहँदा समेत दूतावासलाई भने अत्तोपत्तो छैन ।
त्यसरी सर्वसाधारण ठगिन बाध्य हुनुको कारण दूतावासको वेबसाइटमार्फत लिनु पर्ने 'डेट' पाउन नसक्नु हो ।
ज्ञानेश्वरस्थित जर्मन दूतावासकै गेट अगाडिको कमल घिमिरे प्रबन्ध सञ्चालक रहेको आशर्य इन्टरनेशनल कन्सल्टेन्सीले सर्वसाधारणमाथि 'डेट' लिने र फर्म भर्ने नाममा लुट मच्चाउने गरेको हो ।
'डेट' लिने बेलामा सामान्य सर्भिस चार्ज दिए हुने भन्दै आफ्नै इमेल एड्रेसबाट 'डेट' फिक्स गरिदिने र आफू कहाँ नै आएर फर्म भर्न बाध्य पार्ने उक्त कन्सल्टेन्सीका प्रबन्ध निर्देशक भनिने कमल घिमिरेले कन्सल्टेन्सीका सिधासोझा कर्मचारीमार्फत भिसा 'एप्लाई' गर्न खोज्नेहरूसँग मोटो रकम असुल्ने गरेका हुन् । यसरी मोटो रकम असुल्न थालिएपछि कयौं सेवाग्राहीको त भनाभन नै पर्ने गरेको समेत पाइएको छ ।
आशर्य इन्टरनेशनल कन्सल्टेन्सीका सञ्चालक कमल घिमिरे सेवाग्राहीमाथि यति हावी हुन्छन् कि मानौं उसले भनेअनुसारको रकम नतिरेको खण्डमा लिइसकेको 'डेट' नै क्यान्सिल गरिदिने धम्की समेत दिन पछि पर्दैनन् । सेवाग्राहीहरुले यसलाई ठगी खाने भाँडोका रुपमा बुझेका छन् ।
एक सेवाग्राहीका अनुसार आफूले अनलाईन भिसा 'एप्लाई' गर्न नसकेपछि दूतावासकै अगाडि रहेको आशर्य इन्टरनेशनल कन्सल्टेन्सीमा सम्पर्क गर्दा 'हजार-पन्ध्र सय लिने गरेका छौँ, तपाईँको इच्छा अनुसार दिनुस्' भन्ने तर जब एप्लाईको 'डेट' आइपुग्छ तब फर्म भरेर एप्लाईका लागि दूतावासले दिएको कन्फर्मेसन लेटर समेत उपलब्ध गराउने बेलामा कन्सल्टेन्सीले चार हजार असुल्ने गरेको गुनासो गरे ।
सेवाग्राहीले 'किन यत्रो रकम हजार-पन्ध्र सय भन्नु भएको होइन' भनेर प्रश्न गर्दा सञ्चालक घिमिरेले 'फर्म भरेको पो त्यति हो त । डेट लिन कति गाह्रो छ, त्यसको ३ हजार लाग्छ' भन्दै प्रति सेवाग्राही चार हजार असुल्ने गरेको गुनासो ती सेवाग्राहीको थियो ।
यसै विषयमा आशर्य ईन्टरनेशनल कन्सल्टेन्सीका कमल घिमिरेसँग सम्पर्क गर्दा उनले आफ्नो कन्सल्टेन्सीले लिने चार्ज नै यही भएको बताए । उनले कोही कसैले चर्को बोल्दैमा रकम घटाउन नसकिने भन्दै जहाँ गएर कम्प्लेन गर्दा पनि फरक नपर्ने दम्भ देखाए । 'डेट' लिनका लागि जर्मन दूतावासका कर्मचारीलाई समेत प्रभावमा पार्नु पर्ने उनको भनाई थियो ।
के दूतावासले अन्जान नेपालीलाई भिसा एप्लाई गर्न 'डेट' दिने विषयलाई सरलीकरण गर्न सक्दैन ? उसले आफ्नो वेबसाइटमा आफ्नो दूतावासका तर्फबाट कुनै पनि 'एजेन्ट' नरहेको जनाउ दिए पनि भिसाका लागि एप्लाई गर्ने 'डेट' लिन नै यस्तो चर्को लुटमा पर्ने भएपछि अनि दलाल किन सक्रिय नरहून् त ?
गेटै अगाडि रहेको कन्सल्टेन्सीले गरेको चर्को लुट दूतावासले कहिले र कसरी थाहा पाउँछ ? के भिसा एप्लाई नगर्दै यसरी नै सिधासोझा नेपाली लुटिरहनु पर्ने हो महामहिम ज्यू ? होइन भने जसरी भिसा एप्लाईका क्रममा अन्तर्वार्ता दिन आउँदा तपाईँका कन्सुलरको सरल र सहज व्यवहार, अनि त्यस्तै प्रस्तुतीकरण छ । बस्, भिसाको डेट लिन नसक्ने र नजान्ने नेपालीलाई दूतावासकै गेटबाट 'डेट' लिने सहज व्यवस्था मिलाइदिन सकिन्न ? कम्तीमा पनि यसो भएमा यस्ता लुटेराहरूबाट लुटिनु पर्ने अवस्था त रहन्थेन नि महामहिम ज्यू !
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुन तस्करीको छानविन गर्न बन्ने आयोग प्रति गृहमन्त्री नारायणकाजी नै बाधक
असोज ६, २०८० शनिबार
बीपीको पथ पछ्याउन नसकेको कोइराला परिवार
असोज ४, २०८० बिहिबार
समूह बलियो बनाउँदै सामुहिक नेतृत्वतिर शेखर
असोज १, २०८० सोमबार
श्रीमानको फैसलाले गीतकार र संगीतकार नै रनभुल्लमा
नेपालबहस संवाददाता
असोज ६, २०८० शनिबार
मुख्यमन्त्री चौधरीसँग राउटेले मागे ८६ घर परिवारका लागि दशै खर्च
नेपालबहस संवाददाता
असोज ४, २०८० बिहिबार
बीपीको पथ पछ्याउन नसकेको कोइराला परिवार
केदार भट्टराई (काका)
असोज ४, २०८० बिहिबार
श्रीमानको फैसलाले गीतकार र संगीतकार नै रनभुल्लमा
असोज ६, २०८० शनिबार
सुन तस्करीको छानविन गर्न बन्ने आयोग प्रति गृहमन्त्री नारायणकाजी नै बाधक
असोज ६, २०८० शनिबार
भारतमा बेचिएका दुई किशोरीको उद्धार
असोज ६, २०८० शनिबार
नेपालको आर्थिक, सामाजिक विकासमा सहकार्य र सहयोग गर्न चीन तयार
असोज ६, २०८० शनिबार
असोज ८ गतेदेखि तीस देशका सेनाप्रमुख दिल्लीमा भेला हुँदै
असोज ६, २०८० शनिबार
दाङमा खुकुरी प्रहारबाट एक महिलाको मृत्यु, दुई जना गम्भीर घाइते
असोज ६, २०८० शनिबार
चप्पल कारखानामा आगलागी हुँदा करोडको क्षति
असोज ६, २०८० शनिबार
मुलुकको विकासका लागि म जहाँ पनि बोल्छु, सबैलाई सचेत गराउँछु : राष्ट्रपति पौडेल
असोज ६, २०८० शनिबार