नेता गान्धीले प्रारम्भ गरेको ‘भारत जोडो’ अभियानको एक वर्ष पूरा
नेपालबहस संवाददाता
भदौ २१, २०८० बिहिबार १३:३३:१२
२१ भदौ, नयाँदिल्ली । काङ्ग्रेस नेता राहुल गान्धीले प्रारम्भ गरेको ‘भारत जोडो’ अभियानको एक वर्ष पूरा भएको छ । अभियानका क्रममा उनले कन्या कुमारीदेखि काश्मिरसम्म चार हजार किलोमिटर यात्रा गरेको बताएका छन् ।
सामाजिक सञ्जाल एक्समा नेता गान्धीले ‘देशमा एकता र स्नेह प्रवर्द्धनका साथै समुज्ज्वल भविष्यका निम्ति करोडौं पाइला’ शीर्षकामा राखेको तीन मिनेटको भिडियोमा भारत एकता बद्ध नभएसम्म र देशबाट घृणा लोप नभएसम्म भारत जोडो यात्रा जारी रहने बताएका छन्। उनले भारत जोडो यात्रालाई निरन्तरता दिने ‘वाचा’ पनि गरेका छन् ।
सामाजिक सञ्जालमा राखिएको भिडियोमा नेता गान्धीका एक सय ३६ दिने यात्राका क्रममा अभिलेख गरिएका पदयात्रा, स्थानीय तहका पार्टीका कार्यकर्ता र सामाजिक सङ्घसङ्गठनका नेता तथा अभियन्तासँगका भेटवार्ता, आमसभाका दृश्य समावेश गरिएका छन् ।
अभियानको वार्षिकीका अवसरमा काङ्ग्रेस नेताहरूले देशभर आज विविध कार्यक्रम आयोजना गरेका छन् तर ती कुनै पनि कार्यक्रममा नेता गान्धी अनुपस्थित हुने भएका छन् । उनी सप्ताहव्यापी युरोप भ्रमण छन्। युरोपमा रहँदा उनले त्यहाँ रहेका भारतीयसँग छलफल गर्ने कार्यक्रम छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअफगानिस्तानी मन्त्रीमाथि भएको आत्मघाती आक्रमणको राष्ट्रसंघद्वारा निन्दा
मंसिर २७, २०८१ बिहिबार
अमेरिकी कानूनविपरीत सैन्य अखडामाथि ड्रोन उडाउने चिनियाँ नागरिक पक्राउ
मंसिर २७, २०८१ बिहिबार
अन्तिम क्षणसम्म दक्षिण कोरियाली जनताको पक्षमा लड्ने छु : राष्ट्रपति युन
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
राष्ट्र बैंकमा डेपुटी गभर्नरहरुको जिम्मेवारी हेरफेर
मंसिर २७, २०८१ बिहिबार
विश्वभर स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस मनाइँदै
मंसिर २७, २०८१ बिहिबार
अफगानिस्तानी मन्त्रीमाथि भएको आत्मघाती आक्रमणको राष्ट्रसंघद्वारा निन्दा
मंसिर २७, २०८१ बिहिबार
अमेरिकी कानूनविपरीत सैन्य अखडामाथि ड्रोन उडाउने चिनियाँ नागरिक पक्राउ
मंसिर २७, २०८१ बिहिबार
प्रधान सेनापति सिग्देलद्वारा भारतीय सेनाको मानार्थ महारथी दर्जा ग्रहण
मंसिर २७, २०८१ बिहिबार
अन्तिम क्षणसम्म दक्षिण कोरियाली जनताको पक्षमा लड्ने छु : राष्ट्रपति युन
मंसिर २७, २०८१ बिहिबार