वनकालीको पार्किङ ठेक्का रद्द गर्ने कोषको निर्णय
नेपालबहस संवाददाता
भदौ २१, २०८० बिहिबार १३:५६:३०
२१ भदौ, काठमाडौं । पशुपति क्षेत्र विकास कोषले वनकाली पार्किङको ठेक्का रद्द गर्ने निर्णय गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रलयमा बिहीबार बसेको विकास कोषको बैठकले पशुपति क्षेत्रअन्तर्गत वनकाली ओरालो क्षेत्रमा रहेको पार्किङ तत्व इन्भेष्टमेन्ट एण्ड सर्भिस प्रा।लिले सम्झौता पालान नगरेको भन्दै ठेक्का रद्द गर्ने निर्णय गरेको हो ।
कोषलाई बुझाउनुपर्ने बक्यौता पनि भुक्तानी नगरेको कोषले जनाएको छ । कोषका अनुसार सम्झौताअनुसार ठेक्का पाएको उक्त कम्पनीले मासिक ४ लाख ८३ हजार ३३ क्षेत्र विकास कोषलाई भुक्तानी गर्नुपर्नेमा लामो समयसम्म बक्यौता भुक्तानी गरेको छैन ।
कोष बैठकले एक महिनाभित्र बक्यौता उठाउने र ठेक्का पनि रद्द गर्ने निर्णय गरेको हो । ठेकेदार कम्पनी तत्व इन्भेष्टमेन्ट एण्ड सर्भिस प्रा.लि.को बैंक ग्यारेन्टीसमेत जफत गर्ने निर्णय गरिएको छ । कोषलाई कम्पनीले ३४ लाख ७४ हजार ११९ रूपैयाँ बुझाउन बाँकी रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्जुनधारामा बालाचर्तुदशी मेलाको तयारी पूरा
मंसिर १४, २०८१ शुक्रबार
विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
मंसिर १२, २०८१ बुधबार
पाथीभरामा विदेशी पर्यटकको चहलपहल बढ्यो
मंसिर १२, २०८१ बुधबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
विराट कोहली आरसीबीको अर्को कप्तान बन्ने
मंसिर १४, २०८१ शुक्रबार
तातोपानी कुण्डमा स्नान गर्दै
मंसिर १४, २०८१ शुक्रबार
सामाजिक सञ्जाल प्रयोगकर्तालाई दण्डनीय कार्य नगर्न गृहको चेतावनी, के के गर्दा हुन्छ कारवाही ?
मंसिर १४, २०८१ शुक्रबार
अर्जुनधारामा बालाचर्तुदशी मेलाको तयारी पूरा
मंसिर १४, २०८१ शुक्रबार
बागमती नदीमा छाडियो मेलम्चीको पानी
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार