विद्यार्थी ज्वरोले ग्रस्त भएपछि चिकित्सक टोली कलेज पुग्यो
नेपालबहस संवाददाता
भदौ २१, २०८० बिहिबार १४:३६:५०
२१ भदौ, महोत्तरी । बर्दिबास–६ कृष्णपुरस्थित प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा स्नातक तहको पाँचौँ ‘सेमेस्टर’मा अध्ययनरत विद्यार्थीमा ज्वरोको समस्या देखिएको छ । पछिल्ला पाँच÷छ दिनयता ८० विद्यार्थी ज्वरोले बिरामी परेका छन् । उनीहरुको शुक्रबारदेखि परीक्षा रहेको बताइएको छ ।
ग्रामीण भेग अवस्थित कलेजमा विद्यार्थी ज्वरोले ग्रस्त भएपछि बर्दिबास अस्पतालको चिकित्सक टोलीले कलेजमै पुगेर स्वास्थ्य परीक्षण गरेको छ । ज्वरो आएकामध्ये तीन जनामा डेङ्गु सङ्क्रमणको पुष्टि भएको अस्पतालका मेडिकल अफिसर डा. किशोर अधिकारीले जानकारी दिए ।
एक्कासी उच्च ज्वरो आउने र टाउको दुख्ने सबैजसो विद्यार्थीमा समान लक्षण पाइएको छ । यसअघि चौथो सेमेस्टरको परीक्षा चलिरहँदा पनि विद्यार्थीलाई ज्वरोले समस्या बनाएको क्याम्पस प्रमुख हरि भुजेलले जानकारी दिए ।
बर्खायाममा धमिलिएको दूषित पानी सेवनले ज्वरो फैलिएको अनुमान गरिए तापनि अझै कतिपयमा डेङ्गु सङ्क्रमण देखिन सक्ने जाँचमा संलग्न चिकित्सकको भनाइ छ ।
धमाधम ज्वरो र टाउको दुख्ने लक्षणबाट विद्यार्थी बिरामी हुन थालेपछि बर्दिबास–६ का वडाअध्यक्ष पद्म आलेमगरले बुधबार नै बर्दिबास अस्पतालसँग समन्वय गरेर स्वास्थ्य जाँच शिविर सञ्चालन गरिएको बताए । अहिले केही बिरामीलाई कलेज नजिकका स्वास्थ्य क्लिनिकमा र केहीलाई बर्दिबास अस्पतालमै उपचार चलाइएको छ ।
परीक्षा स्थगन गर्न प्राकृतिक स्रोत व्यवस्थापन कलेजले पनि कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनको डिनको कार्यालयलाई पत्र लेखिएको निमित्त क्याम्पस प्रमुख भुजेलले जानकारी दिए । विद्यार्थीको स्वास्थ्य अवस्थाबारे नगरप्रमुख र अन्य सरोकारवालाबीच संंयोजन भइरहेको वडाअध्यक्ष मगरको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउच्च शिक्षामा महिलाको पहुँच बढाउन छोरीलाई छात्रवृत्ति
पुष १८, २०८१ बिहिबार
मांसमदिरा बेच्नेलाई कारबाही गर्ने मुख्यमन्त्रीको चेतावनी
पुष १६, २०८१ मंगलबार
आज मेधशभित्र दलीय एकता खोज्दैनछ विभाजित मधेशी नेता, उपेन्द्र भने लुम्बिनीतिर
पुष १६, २०८१ मंगलबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
बुर्तिबाङ अस्पताल : झुपडीदेखि ५० शय्याको अस्पतालसम्म
पुष १९, २०८१ शुक्रबार
धौलागिरि हिमशृङ्खला
पुष १९, २०८१ शुक्रबार
अत्यधिक चिसो बढ्दा जनजीवन प्रभावित
पुष १९, २०८१ शुक्रबार
मानव र वन्यजन्तुबीचको द्वन्द्व घटाउन सचेतना अभियान
पुष १९, २०८१ शुक्रबार
भ्रष्टाचार र सुशासनका विषयमा यो र त्यो नभनी पत्रकारले निष्पक्ष भएर लेख्नुपर्योः प्रचण्ड
पुष १९, २०८१ शुक्रबार