कांग्रेस पर्वत हाे, खुकुरी प्रहार गरेर सकिँदैन : रमेश लेखक
नेपालबहस संवाददाता
भदौ २१, २०८० बिहिबार १५:५९:३२
२१ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले नेपाली कांग्रेस खुकुरी प्रहारले सिध्याउने सपना नदेख्न चेतावनी दिएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै लेखकले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौंमा दिउँसो खुकुरी प्रहार भएको घटना निन्दानीय र अपराधिक मानसिकताको उपज भएको बताए ।
यादवमाथि बुधबार एक कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा नुवाकोटका ४७ वर्षीय श्याम सापकोटाले टाउकोमा खुकुरी हानेर घाइते बनाएका थिए । सो घटनाबारे आजको संसद बैठकमा सांसदहरुले निन्दा गर्दै दोषीलाई कारवाही गर्न माग गरे । घटनाबारे गृहमन्त्रीको जवाफ माग गरेका छन् ।
घटनाबारे पार्टीको तर्फबाट बोल्दै लेखकले घटना आक्रमणको एकल संलग्न हो या कसैबाट परिचालित हो भन्ने विषय छानबिन हुनुपर्ने बताए । ‘सापकोटाको हातमा खुकुरी कसले पुर्याएको हो ? जरोसम्म पुगेर अनुसन्धान हुन जरुरी छ’ उनले भने, ‘कांग्रेसलाई खुकुरी हानेर सक्ने सपना कसैले नदेखे हुन्छ, कांग्रेस पर्वत हो, टाउको जुधाएर पर्वत भत्काउँछु भन्ने जस्तो मूर्खता कसैले नगर्दा हुन्छ ।’
उनले खुकुरीले हानेर कांग्रेस नमर्ने र नसकिने बताए । ‘खुकुरी प्रहार गरेर नेपाली कांग्रेस मर्ने पार्टी हाेइन, मर्छ भनेर यदि कसैलाई लागेको छ र भ्रम छ भने अहिलेबाटै त्यो भ्रम निकाले हुन्छ ।’
आक्रमणपछि सापकाेटाले राजसंस्था र हिन्दु राष्ट्रकाे पक्षमा नारा लगाएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार