‘मायावी’मा पल शाह अनुबन्धित
नेपालबहस संवाददाता
भदौ २१, २०८० बिहिबार १६:२:८
२१ भदौ, काठमाडौं । अभिनेता पल शाह फिल्म ‘मायावी’मा अनुबन्धित भएका छन् । प्रेमकथाका फिल्ममा रुचाइने अभिनेता पल निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको फिल्म ‘मायावी’मा देखिन लागेका हुन् ।
डेढ वर्षपछि कमव्याकको तयारी गरिरहेका पलले अन्ततः दिवाकरको फिल्ममार्फत कमब्याक गर्न लागेका हुन् । निर्देशक दिवाकरले फिल्ममा पललाई प्रमुख अभिनेताका रुपमा भित्र्याइएको बताए । निर्देशक श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर बुधबार ‘मायावी’को घोषणा गरेका थिए ।
फिल्ममा भट्टराई स्वयंको कथा रहनेछ । फिल्ममा यसअघि नै अभिनेत्री दीपिका प्रसाई नायिकाका रुपमा फाइनल भइसकेकी छन् । फिल्म ‘ऐश्वर्या’ पछि दिवाकर र दीपिकाको यो दोस्रो सहकार्य हो ।
फिल्मका अन्य कलाकार र प्राविधिक समय अनुकुल सार्वजनिक गरिँदै जाने निर्देशक भट्टराईले जानकारी दिए । क्रिएटिभ सिने आर्टसले निर्माण गर्न लागेको फिल्ममा एसडी योगीको संगीत, राम अविरल विष्टको गीत, राजुविक्रम थापाको डिओपी रहनेछ । फिल्म असोज २ गतेबाट फ्लोरमा जानेछ । फिल्मको छायांकन पोखराको रमणीय स्थलमा गरिने निर्देशक भट्टराईले जानकारी दिए । दिवाकरले फिल्म ‘मेरो जीवन साथी’, ‘स्टुपिड मन’, ‘ड्रिम्स’, ‘ऐश्वर्य’ र ‘क्याप्टेन’ निर्देशन गरिसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचलचित्र विकास बोर्डले दश चलचित्र ‘डिजिटाइजेसन’ गर्ने
मंसिर २८, २०८१ शुक्रबार
देशभर सञ्चालित चलचित्र भवनको सूची सार्वजनिक
मंसिर १९, २०८१ बुधबार
पुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार
भविष्यको गन्तव्यः कस्ता नयाँ पुस्ता, कस्तो नयाँ सोंच ?
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
काठमाडौंविरुद्ध ब्याटिङ गर्दै विराटनगर
मंसिर ३०, २०८१ आइतबार
तनहुँको आँबुखैरेनीमा चितुवाको त्रास
मंसिर ३०, २०८१ आइतबार
गलैँचा, मुढा बेचेको रकम घर पठाउँदै कैदीबन्दी
मंसिर ३०, २०८१ आइतबार
कुखुरा पालेर मासिक एक लाख पचास हजार बचत
मंसिर ३०, २०८१ आइतबार
उधौली पर्व/योमरी पुन्हि (ज्यापु दिवस)/धान्य पूर्णिमामा सभापति देउवाको शुभकामना
मंसिर ३०, २०८१ आइतबार
सांस्कृतिक पर्वहरूले राष्ट्रिय एकतालाई थप मजबुत बनाउँछः अध्यक्ष दाहाल
मंसिर ३०, २०८१ आइतबार