नेपाली सेनासँग संयुक्त अभ्यास गर्न अमेरिकी वायुसेनाको जहाज नेपाल आइपुग्यो
नेपालबहस संवाददाता
भदौ २१, २०८० बिहिबार १६:६:४४
२१ भदौ, काठमाडौं । नेपाली सेनासँग संयुक्त अभ्यास गर्न अमेरिकी वायुसेनाको जहाज नेपाल आइपुगेको छ । भक्तपुरको नगरकोटमा नेपाली सेनाको टोलीसँग हुने संयुक्त अभ्यासको सिलसिलामा अमेरिकी सेनाको टोली बिहीबार काठमाडौं आइपुगेको हो ।
यही भदौ २४ गतेदेखि असोज १२ गतेसम्म नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाबीच नियमित रूपमा सञ्चालन हुँदै आएको जोइन्ट कम्बेन्ड एक्सचेन्ज ट्रेनिङको चालिसौं संस्करण सञ्चालन हुँदैछ । साेही तालिमका लागी १२ सदस्यीय टोलीसहित अमेरिकी सेनाकाे जहाज नेपाल आएकाे छ ।
जहाजले अमेरिकी सैनिक तथा तालिमका लागि आवश्यक सामग्री बाेकेर आएको छ । आज नेपाल आएको अमेरिकाको सैनिक विमान शुक्रबार फिर्ता हुने कार्यक्रम रहेको छ । तालिमको मुख्य उद्देश्य विपद्सँग सम्बन्धित सङ्कटका बेला अन्तर्राष्ट्रिय राहत परिचालनमा नेपाली सेनाको भूमिकाबारे अभ्यास गर्ने रहेको छ ।
तालिमका क्रममा नेपाली सेना र अमेरिकी सेनाद्वारा संयुक्त प्याराश्युट अभ्यास गरिनेछ, हेलिकप्टर सपोर्ट सहितको सरल खोज तथा उद्धारसम्बन्धी अभ्यासका साथै मानवीय सहायता लगायतका विषयहरूमा अनुभव तथा ज्ञान आदानप्रदान हुनेछ । तालिममा नेपाली सेनाका ३० जना तथा अमेरिकी सेनाका १२ जना गरी जम्मा ४२ जनाको सहभागिता रहने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली सेनाद्वारा 'प्रेसर कुकर बम' निष्क्रिय
पुष ५, २०८१ शुक्रबार
प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता
मंसिर ३०, २०८१ आइतबार
प्रधानसेनापति सिग्देलले गरे भारतीय अधिकृत क्याडेटको कवाज निरीक्षण
मंसिर २९, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
हाईफाई र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका दयाहाङ !
पुष ७, २०८१ आइतबार
रुखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु
पुष ७, २०८१ आइतबार