फिनल्याण्डका पूर्वप्रधानमन्त्री मारिनद्वारा संसद सदस्यबाट राजीनामा
नेपालबहस संवाददाता
भदौ २१, २०८० बिहिबार २१:५९:२५
२१ भदौ, एजेन्सी । गत अप्रिलमा निर्वाचनमा पराजीत सोसल डेमोक्र्याटबाट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री सन्ना मरिनले बिहीबार आफ्नो संसदीय पदबाट राजीनामा दिएर बेलायती गैरनाफामुलक संस्थाको सल्लाहकार बन्ने घोषणा गरेका छन् ।
मरिनले टोनी ब्लेयर इन्स्टिच्युट फर ग्लोबल चेन्जमा रणनीतिक परामर्शदाता नियुक्त भएको बताएका छन् । “म फिनल्याण्डका लागि अन्य क्षमतामा पनि काम गर्न सक्छु । यो यस्तो काम हो जुन मलाई लाग्छ कि फिनल्याण्डलाई समग्र रूपमा फाइदा हुनेछ,” उनले पत्रकारसँग भने ।
मरिनले भने, “म सँग परिचित नीतिगत विषयमा विभिन्न देशका सरकार र नेताहरूलाई सल्लाह दिनेछु ।”सञ्चारमाध्यमले ‘रक स्टार प्राइम मिनिस्टर’ को संज्ञा दिएकी मरिनले फिनल्यान्डको आम निर्वाचनमा आफ्नो असाधारण लोकप्रियतालाई निरन्तरता दिन सकेका थिएनन् ।
त्यसपछि मरिनले पार्टी नेतृत्वबाट राजीनामा दिएका थिए । प्रधानमन्त्रीका रूपमा आफ्नो चार वर्षे कार्यकालमा असर परेको स्वीकार गर्दै उनले भनेका थिए, “कहिलेकाहीं मेरो आफ्नै सहनशीलताको परीक्षण भएको छ ।” अत्यन्त लोकप्रिय नेता भए तापनि मरिन आफ्नो निजी जीवनसँग सम्बन्धित घोटालाहरूमा फसेका थिए, जसले उनको प्रतिष्ठालाई ध्रुवीकरण गरेको थियो ।
अगष्ट २०२२ मा, मरिनले फिनल्याण्डका सेलिब्रेटीहरूको एक समूहसँग पार्टी गरेको सामाजिक सञ्जालका भिडियोहरू लिक भएका थिए जसले गर्दा उनलाई गलत कामको शङ्का हटाउन लागुऔषध परीक्षण गर्न प्रेरित गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअफगानिस्तानी मन्त्रीमाथि भएको आत्मघाती आक्रमणको राष्ट्रसंघद्वारा निन्दा
मंसिर २७, २०८१ बिहिबार
अमेरिकी कानूनविपरीत सैन्य अखडामाथि ड्रोन उडाउने चिनियाँ नागरिक पक्राउ
मंसिर २७, २०८१ बिहिबार
अन्तिम क्षणसम्म दक्षिण कोरियाली जनताको पक्षमा लड्ने छु : राष्ट्रपति युन
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
विश्वभर स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस मनाइँदै
मंसिर २७, २०८१ बिहिबार
अफगानिस्तानी मन्त्रीमाथि भएको आत्मघाती आक्रमणको राष्ट्रसंघद्वारा निन्दा
मंसिर २७, २०८१ बिहिबार
अमेरिकी कानूनविपरीत सैन्य अखडामाथि ड्रोन उडाउने चिनियाँ नागरिक पक्राउ
मंसिर २७, २०८१ बिहिबार
प्रधान सेनापति सिग्देलद्वारा भारतीय सेनाको मानार्थ महारथी दर्जा ग्रहण
मंसिर २७, २०८१ बिहिबार
अन्तिम क्षणसम्म दक्षिण कोरियाली जनताको पक्षमा लड्ने छु : राष्ट्रपति युन
मंसिर २७, २०८१ बिहिबार
इरानमा हिजाब सम्बन्धी नयाँ कानून लागू, उल्लङ्घन गर्नेलाई मृत्युदण्डको सजाय
मंसिर २७, २०८१ बिहिबार