कार्यालयमा रोमान्स गर्ने काजीमान राईको अबार्ड खोसियो
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
भदौ २२, २०८० शुक्रबार १०:५:५९
![](https://nepalbahas.prixacdn.net/media/albums/img041_jJLkwkWTuR_AeqXQUhE9g.jpg)
२२ भदौं, काठमाडौं । आफ्नै कार्यालयकी सहकर्मीसँग अमर्यादित गतिविधि गरको भन्दै माइजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईको अबार्ड खोसिएको छ ।
हालै आफ्नै कार्यालयकी सहकर्मीसँग अमर्यादित गतिविधि गरेको सीसीटीभी फुटेज सार्वजनिक भएपछि इलामका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईलाई चार वर्षअघि दिइएको अवार्ड खोसिएको हो ।
अकाउन्ट विलिटी ल्याब नेपालले सन् २०१९ मा दिएको उक्त अवार्ड महिला कर्मचारीसँगको अमर्यादित भिडिओ सार्वजनिक भएसँगै फिर्ता गरेको हो। त्यसअघि उनीसँग सो संस्थाले स्पष्टीकरण लिएको थियो । उनले आफनो अवार्डका बारेमा निर्णय गर्ने अधिकार संस्थासँग रहेको भन्ने जवाफ दिए पछि सो संस्थाले उनको अबार्ड खोसेको हो ।
हाल इलामको माइजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राई उक्त अवार्ड पाउँदा भने इलामकै चुलाचुली गाउँपालिकामा कार्यरत रहेका थिए । हालै एक लेखा अधिकृत महिलासँग अमर्यादित तथा अशिष्ट ब्याबहार गरेको सिसिटिभी सार्बजनिक भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
संघीय निजामति विधेयकः श्रेणीगत प्रणाली हटाएर कर्मचारीलाई तहगत संरचनामा राख्ने सहमति
फागुन १, २०८१ बिहिबार
मन्त्रीस्तरीय निर्णयबाट अर्थ मन्त्रालयका सहसचिवहरूको कार्यविभाजन, कसलाई कुन जिम्मेवारी ?
फागुन १, २०८१ बिहिबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
मुस्ताङको कैह्योलोङ गुफा ओझेलमा
फागुन ६, २०८१ मंगलबार
क्यानडाको टोरन्टो विमानस्थलमा ८० जना सवार विमान पल्टियो
फागुन ६, २०८१ मंगलबार
अन्तर पालिकास्तरीय महिला फुटबलको उपाधि कनकाईलाई
फागुन ६, २०८१ मंगलबार
६ महिनामा ३ हजार १ सय ३४ जनाले गरे आत्महत्या
फागुन ६, २०८१ मंगलबार
सांसदका प्रश्न, प्रधानमन्त्रीका उत्तर देशका लागि कति प्रभावकारी होलान् ?
फागुन ६, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन ६, २०८१ मंगलबार