ट्रम्पका विशेष सहयोगी दोषी ठहर
नेपालबहस संवाददाता
भदौ २२, २०८० शुक्रबार ११:१:१३
२२ भदौ, न्युयोर्क । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकार पिटर नाभारोले जनवरी ६, २०२१ मा क्यापिटल हिलमा भएको आक्रमणको छानबिन गर्ने प्रतिनिधि सभाको समितिलाई सहयोग गर्न अस्वीकार गरेका छन्। जसका कारण उनी कांग्रेसको अवहेलनाको अभियोगमा दोषी ठहर भएका हुन् ।
ह्वाइट हाउसका पूर्व सल्लाहकार स्टिभ ब्याननपछि कांग्रेसको अवहेलनाको आरोपको सामना गर्ने नभारो दोस्रो ट्रम्प सहयोगी हुन्। यसअघि ब्याननलाई दुईवटा मुद्दामा दोषी ठहर गरी चार महिनाको जेल सजाय सुनाइएको थियो, यद्यपि उनी पुनरावेदनमा रिहा भएका थिए।
न्यायाधीश अमित मेहताले नवारोलाई जनवरी १२ का लागि सजाय तोकेका हुन् । उनलाई वासिङ्टनको संघीय अदालतले कांग्रेसको अवहेलनाको दुई वटा मुद्दामा दोषी ठहर गरेको थियो। यी दुवै मुद्दामा एक वर्षसम्म कैद हुने व्यवस्था छ ।
स्मरण होस, अमेरिकी संसद र यसको वरपरको क्षेत्रलाई क्यापिटल हिल भनिन्छ। अमेरिकामा सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले डेमोक्र्याट नेता जो बाइडेनसँग हार बेहोरेको थिए । ट्रम्पले आफ्ना समर्थकहरूलाई चुनावी नतिजामा धाँधली गरेको आरोप लगाएका छन् र आफ्ना समर्थकहरूलाई एकजुट हुन अपील गरेका छन्।
यसपछि जनवरी ६, २०२१ मा क्यापिटल हिल क्षेत्रमा करिब दुई हजार मानिस भेला भए र ट्रम्पको उत्तेजक वक्तव्य पछि भीडले क्यापिटल हिलमा आक्रमण गरेको आरोप छ । यस क्रममा ठूलो संख्यामा प्रदर्शनकारी ब्यारिकेड तोडेर अमेरिकी संसदमा प्रवेश गरेका थिए । घटनाको समयमा क्यापिटल हिलमा धेरै ठूला नेता र अधिकारीहरू उपस्थित थिए। तर, सुरक्षाकर्मीले प्रदर्शनकारीलाई क्यापिटल हिलबाट बाहिर निकालेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअफगानिस्तानी मन्त्रीमाथि भएको आत्मघाती आक्रमणको राष्ट्रसंघद्वारा निन्दा
मंसिर २७, २०८१ बिहिबार
अमेरिकी कानूनविपरीत सैन्य अखडामाथि ड्रोन उडाउने चिनियाँ नागरिक पक्राउ
मंसिर २७, २०८१ बिहिबार
अन्तिम क्षणसम्म दक्षिण कोरियाली जनताको पक्षमा लड्ने छु : राष्ट्रपति युन
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
राष्ट्र बैंकमा डेपुटी गभर्नरहरुको जिम्मेवारी हेरफेर
मंसिर २७, २०८१ बिहिबार
विश्वभर स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस मनाइँदै
मंसिर २७, २०८१ बिहिबार
अफगानिस्तानी मन्त्रीमाथि भएको आत्मघाती आक्रमणको राष्ट्रसंघद्वारा निन्दा
मंसिर २७, २०८१ बिहिबार
अमेरिकी कानूनविपरीत सैन्य अखडामाथि ड्रोन उडाउने चिनियाँ नागरिक पक्राउ
मंसिर २७, २०८१ बिहिबार
प्रधान सेनापति सिग्देलद्वारा भारतीय सेनाको मानार्थ महारथी दर्जा ग्रहण
मंसिर २७, २०८१ बिहिबार
अन्तिम क्षणसम्म दक्षिण कोरियाली जनताको पक्षमा लड्ने छु : राष्ट्रपति युन
मंसिर २७, २०८१ बिहिबार