निजामती विधेयकमा ट्रेड युनियनकाे अधिकार यथावत छ : प्रधानमन्त्री
नेपालबहस संवाददाता
भदौ २२, २०८० शुक्रबार ११:३५:५७
२२ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजामती कर्मचारीसम्बन्धी सरकारले ल्याएको विधेयकमा ट्रेड युनियन व्यवस्थाबारे केही परिवर्तन नगरिएको बताएका छन् ।
निजामती सेवा दिवसका अवसरमा शुक्रबार काठमाडौंमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले ट्रेड युनियनसम्बन्धी प्रावधान यथावत रहेको बताए । ‘ट्रेड युनियन अधिकारको कुरा पनि उठ्यो, अहिले भइरहेको व्यवस्थामा केही पनि परिवर्तन गरिएको छैन’ उनले भने ।
संविधान जारी भएको ८ वर्ष बितिसक्दा समेत संघीय कानून नबन्दा निजामती कर्मचारीको संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी सरुवा, बढुवा, दरबन्दी सिर्जना तथा व्यवस्थापनमा ठूलो समस्या परिरहेको छ । ऐन छिटो ल्याउन सरकारको ध्यानाकर्षण गराउन कर्मचारीहरूले सडक संघर्ष समेत गर्दै आएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले संघीय निजामती ऐनका लागि तयार पारेको विधेयकलाई दफावार छलफलका लागि संसदमा पेस गर्ने निर्णय गरिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ऐन, कानुनमा नमिलेका विषय मिलाउन अध्यादेश: मन्त्री अधिकारी
पुष १२, २०८१ शुक्रबार
स्वदेशी वस्तुको प्रयोग वृद्धि र ऋग्ण उद्योग सञ्चालनबारे प्रधानमन्त्रीलाई ब्रिफिङ
पुष १२, २०८१ शुक्रबार
नेपालको प्रजातान्त्रिक आन्दोलनमा कैनीको भूमिका महत्त्वपूर्ण: स्वास्थ्यमन्त्री पौडेल
पुष १२, २०८१ शुक्रबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
रूस–युक्रेन युद्धमा नियन्त्रणमा लिइएका कोरियाली सैनिकको मृत्यु : सियोल
पुष १२, २०८१ शुक्रबार
१० बुँदे प्राथमिकता जारी गर्दै सम्पन्न भयो नेपाल स्वास्थ्य सम्मेलन
पुष १२, २०८१ शुक्रबार
पशुपतिको सुनको जलहरीमा अनियमितता पुष्टि नभएको विशेष अदालतको फैसला
पुष १२, २०८१ शुक्रबार
अण्डाको मूल्य हालसम्मकै उच्च
पुष १२, २०८१ शुक्रबार
एक अर्ब छ करोड लागतमा ८४ वटा परियोजनाको ‘डिपिआर’ तयार
पुष १२, २०८१ शुक्रबार
सहकारी ऐन, कानुनमा नमिलेका विषय मिलाउन अध्यादेश: मन्त्री अधिकारी
पुष १२, २०८१ शुक्रबार
नक्कली डाक्टर बनेर लुटपाट गरेपछि...
पुष १२, २०८१ शुक्रबार