६ वटा जहाज थन्किनुको प्राविधिक पक्ष नबुझि थप दुई किन्ने प्रस्ताव ल्याउन प्रधानमन्त्रीले दिए निर्देशन
नेपालबहस संवाददाता
भदौ २२, २०८० शुक्रबार १३:२०:१२
२२ भदौ, काठमाडौं । नेपाल वायु सेवा निगमले दुई वटा जहाज खरिदको अन्तिम तयारी गरेर प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ब्रिफिङ गरेको छ । निगमको आन्तरिक पाटो र चीनबाट ८ वर्ष अघि नेपाल ल्याएका ६ वटा जहाजको टुंगो नलगाई थप दुई जहाज खरिद गर्न लागिएका हुन् । निगमले ब्रिफिङ गरेपछि ती जहाज किन्ने प्रस्ताव मन्त्रिपरिषदमा ल्याउन निर्देशन दिएका छन् ।
विमान खरिदको प्रस्ताव मन्त्रिपरिषदमा ल्याउन पर्यटन मन्त्रालयलाई निर्देशन दिएका छन् । पर्यटन मन्त्रालय उच्च स्रोतका नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको नेतृत्वको टोलीले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सोमबार गरेको ब्रिफिङ सन्दर्भमा प्रधानमन्त्रीले जहाज खरिदको प्रस्ताव ल्याउन आदेश दिएका हुन । आउने मन्त्रिपरिषदको बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले यो प्रस्ताव पेस गर्ने तयारी छ ।
निगमका तर्फबाट काठमाडौंदेखि विराटनगर, भद्रपुर, नेपालगञ्ज, भैरहवा, पोखराजस्ता ट्रंकरुटमा चल्नेगरी निगमले तत्काल दुईवटा एटीआर ७२ जहाज थप गर्नुपर्ने गरी प्रधानमन्त्रीलाई व्रिफिङ गरिएको थियो । दुई राष्ट्रिय ध्वजा वाहक नेपाल वायुसेवा निगमसँग १३ वटा विमान छन । तीमध्ये ६ वटा मात्रै चलिरहेका छन् भने सातवटा थन्किएका छन् । थन्किएका सातमध्ये एउटा ट्विनअटर पुरानामध्येमा पर्छ भने बाँकी न्यारोबडी विमान हुन् । थन्किएका न्यारोबडी विमान नेपाल भित्रिएको दशक नाघेको छैन । तर प्रधानमन्त्रीले विमानको भविष्य के हुने भन्ने टुंगो नलगाई राष्ट्रिय ढुकुटी रित्याउने गरी विमान खरिदको प्रस्ताव ल्याउन निर्देशन दिएको स्रोतको दावी छ ।
२०७७ मा नेपाल एयरलाइन्सले १५ साउनपछि आफूसँग रहेका चिनियाँ जहाज नउडाउने निर्णय गरेको थियो । यी जहाजबाट कम्पनीले कुनै पनि व्यवसायिक लाभ लिन सकेन् । निगमको नभइ सरकारको नाममा जहाज भएको भन्दै बेवस्ता गरेपछि चीनिइाँ जहाज अलपत्र परेका थिए । चिनियाँ जहाजले नेपाल निगमलाई धेरै घाटा पनि भयो । चीनबाट २ वटा जहाज अनुदान र ४ वटा जहाज सहुलियतपूर्ण ऋण सहायतामा नेपाल आएका थिए । त्यसमध्ये १७ सीट क्षमताका ४ वटा वाइ–१२ ई र ५६ सीट क्षमताका एमए–६० दुई वटा जहाज थिए ।
यी जहाजको बिक्रीपछिको सेवा उपलब्ध हुन नसकेको, चीनबाहेक अन्य मुलुकमा जहाज मर्मत केन्द्र नभएको र नेपालमा भौगोलिक कारणले समेत चिनियाँ जहाजको प्रदर्शन सन्तोषजनक नभएको निष्कर्षमा नेपाल एयरलाइन्स पुगेको थियो । नेपाल एयरलाइन्सले ६ वटा चिनियाँ जहाज नेपाल एयरलाइन्सको स्वामित्वमा नरही नेपाल सरकारको स्वामित्वमा रहेका कारण आफैं व्यवस्थापन गर्न समेत सुझावसमेत दिएको थियो ।
नेपाल सरकारले चार वटा चिनियाँ जहाज खरीद गर्न करीव ६ अर्ब रुपैयाँ लगानी भएको थियो । सरकारले ६ अर्ब लगानी गरेको यी जहाजमा आर्थिक वर्ष २०७५÷७६ सम्म मात्र १ अर्ब ९० करोड रुपैयाँको नोक्सानी नेपाल एयरलाइन्सले बेहोरेको थियो । सोहीकारण जहाज अब पनि चलाइरहे आर्थिक रुपमा धान्न नसक्ने निष्कर्षमा कम्पनी पुगेको हो । २०७१÷७२ मा बाट यी जहाज नेपाल ल्याउन थालिएको हो । दुई वर्ष भित्र ६ वटै जहाजको डेलिभरी भएको थियो ।
अहिले फेरी चीनकै कम्पनीसँग जहाज खरिद गरिँदैछ । प्रधानमन्त्रीले प्राविधिक कुरा नबुझि प्रस्ताव ल्याउन निर्देशन दिएको कर्मचारीको भनाइ छ । चिनियाँ कम्पनी हार्बिन एयरक्राफ्ट समूहले निर्माण गरेका न्यारोबडीका यी विमान चलाउँदा लगातार घाटा हुन थालेपछि थन्काउन निगम बाध्य भएको हो । तीन वर्षदेखि यी विमान ‘ग्राउन्डेड’ छन् । विमान थन्काउँदा पनि निगमलाई सुख छैन । थन्किएका ६ मध्ये दुईवटा चीन सरकारले अनुदानमा दिएको थियो । बाँकी चारवटा चिनियाँ एक्जिम बैंकको ऋणमा खरिद गरिएका हुन् । ऋण बाँकी नै छ ।
विमान नचलेपछि कमाइ हुने भएन । ऋणमा किनेका विमानको ब्याज निगमले तिर्नसक्ने अवस्था छैन । साँवाको भारमाथि ब्याजको भार पनि निरन्तर थपिँदा निगम ऋणमा डुब्दै गएको छ । निगमलाई ऋणको यो भार आफ्नै निर्णयले सिर्जना भएको भने होइन । तत्कालीन सरकारले बलमिच्याईं गरी ऋणमा विमान किन्ने निर्णय गरेको थियो । त्यसपछि ऋण र विमान दुवै निगमको दायित्वमा आएका हुन् । ऋणमा किनिएका विमानका कारण निगम उठ्न नसक्ने गरी थलिएको जानकार बताउँछन् । ‘नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीकै योजनामा प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन’, स्रोतले भन्यो ।
चिनियाँ विमान ऋणमा ल्याउन तत्कालीन एकीकृत नेकपा माओवादी (हाल नेकपा माओवादी केन्द्र) नेतृत्वको सरकारको भूमिका थियो । आन्तरिक उडानका लागि निगमसँग विमान कम भएकाले किन्ने प्रस्ताव आइरहेको थियो । प्रस्ताव कार्यान्वयनमा लैजान नेपालस्थित विदेशी हवाई कम्पनीका एजेन्टहरू थिए ।
यसै क्रममा २०६४ सालको संविधानसभा निर्वाचनबाट माओवादी पहिलो दल बन्यो । सो दलका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री र बाबुराम भट्टराई अर्थमन्त्री बने । उनीहरूको निकटता उत्तरी छिमेकी चीनसँग थियो । यही पृष्ठभूमिमा चिनियाँ विमान किन्ने वातावरण बनेको जानकारहरूको बुझाइ छ । २०६८ सालमा तत्कालीन एकीकृत नेकपा माओवादीकै नेता भट्टराई प्रधानमन्त्री बनेपछि विमान किन्ने प्रयासले साकार रूप लिएको थियो ।
भट्टराई प्रधानमन्त्री हुँदा चीन निकट मानिएका माओवादीकै अर्का नेता वर्षमान पुन अर्थमन्त्री थिए । चिनियाँ एजेन्टले चिनियाँ विमान किन्न र त्यसबापत ऋण पनि चीनबाटै व्यवस्थापन गरिदिने भनेपछि सरकार सहमत भयो । २०६९ मा नेपाल सरकार र चीन सरकार (जिटुजी) बिच विमान खरिदबिक्री तथा ऋण लगानीसम्बन्धी सम्झौता भयो । अहिले पनि माओवादी नेतृत्वकै प्रधानमन्त्री र पर्यटनमन्त्री पनि माओवादीकै भएका बेला दुई वटा जहाज खरिद गर्ने प्रस्ताव ल्याउन निर्देशन दिइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविमान चालकको समस्या छिट्टै समाधान हुन्छः वायुसेवा निगम
मंसिर १०, २०८१ सोमबार
मनकामना केबलकार सञ्चालनको २७औं वर्षमा प्रवेश
मंसिर ९, २०८१ आइतबार
नेपाल एयरलाइन्सले रुट अनुसार अन्तर्राष्ट्रिय उडानमा २५०० देखि ५ हजारसम्म घटायो भाडा
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
सन् २०२३ मा ८५ हजार महिला तथा बालिकाको हत्या : राष्ट्रसंघ
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
सर्वोच्चको बोर्डमा कालो छ्यापेपछि बिनु यादव पक्राउ
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार