रुपान्तरण अभियानमा दाेरम्बा शैलुङका माओवादी केन्द्रका नेता कार्यकर्ता जुटे जनश्रममा
नेपालबहस संवाददाता
भदौ २२, २०८० शुक्रबार १२:५८:४५
२२ भदौ, काठमाडौं । पार्टीको केन्द्रीय अभियान ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’का क्रममा रामेछापमा माओवादी केन्द्रका नेता–कार्यकर्ता जनतासँगै जनश्रममा जुटेका छन् । उनीहरु अहिले सडक निर्माणकाे सामूहिक काममा खटिएका छन् ।
रामेछाप दोरम्बा शैलुङ गाउँपालिका–७ का वडाअध्यक्ष प्रविण मोक्तान सहित नेता कार्यकर्ता सडक निर्माण तथा स्थानीयलाई काममा सघाउन लागिरहेका छन् । पार्टी केन्द्रको योजना मुताविक विभिन्न टोली बनाएर सडकमा सोलिङ, ड्राइ वाल तथा खाल्डा पुर्ने काममा लागिरहेका छन् ।
बर्खा याममा बाढी र पहिरोले ग्रामीण सडक क्षति पुर्याएपछि सवारी साधन आवतजावतमा समस्या परेपछि सुचारु बनाउने काममा लागेका छन् । दोरम्बा शैलुङ–७ को पाङचेत, थापागाउँ लगायत क्षेत्रमा सडक मर्मतको काम गरिएको छ । उनीहरूले स्थानीयकाे काममा समेत सघाएका छन् ।
तीन महिनासम्म चल्ने अभियानमा पार्टीका नेताहरू जनताका घरदैलोमा पुगेर उनीहरूको दुःख, समस्या र आवश्यकताबारे छलफल चलाइरहेका छन् ।
छलफलमा क्रममा स्थानीयले युद्धकालमा आफूहरूले माओवादी नेता कार्यकर्ता बास, खान र सूचना दिएर सघाएको विषय स्मरण गराएका छन् । शहर पसेपछि माओवादी नेता र कार्यकर्ता विलासी जीवन बिताउन तिर लागेको भन्दै गुनासो गरेका छन् ।
उनीहरूले माओवादी कालमा गाउँघरमा जुवातास, जाँडरक्सी, विकृति निकै कम भएको तर अहिले समाजमा सबैखाले विकृति फैलिएको भन्दै नियन्त्रणका लागी कार्यक्रम ल्याउनुपर्ने बताए । अभियानकर्मीहरुले सरकारले गरेका राम्रा काम र आगामी कार्यक्रमबारे स्थानीयलाई जानकारी गराइरहेका छन् । अब आफूहरु जनतासँगै रहने र जनताको पीर मर्कामा साथ दिने आश्वासन दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार