हाथवे इन्भेष्टमेन्टको आईपीओमा ५८ करोड ८७ लाख २३ हजार बराबरको आवेदन
नेपालबहस संवाददाता
भदौ २२, २०८० शुक्रबार १३:२:२६
२२ भदौ, काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालको आईपीओमा ५८ करोड ८७ लाख २३ हजार रूपैयाँ बराबरको आवेदन परेको छ ।
सीडीएसका अनुसार यसमा आज (भदौ २२ गते) बिहान सम्ममा ४ लाख ७७ हजार ९२९ जना आवेदकले १ करोड १७ लाख ७४ हजार ४६० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ४.८५ गुणा बढी आवेदन हो । यसमा भदौ २५ गतेसम्म आवेदन दिन पाइनेछ ।
कम्पनीले बिहीबार (भदौ २१ गते) देखि सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब १७ करोड रूपैयाँको १२.५० प्रतिशत अर्थात् १४ करोड ६२ लाख ५० हजार रूपैयाँ बराबरको आईपीओ जारी गरेको हो । कम्पनीले प्रतिकित्ता ५० रूपैयाँका दरले कुल २९ लाख २५ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
जसमध्ये २ प्रतिशत अर्थात् ५८ हजार ५ सय कित्ता शेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । त्यस्तै, १ लाख ४६ हजार २५० कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ । यसैगरी, २ लाख ९२ हजार ५ सय कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पनि बाँडफाँट भइसकेको छ ।
बाँकी २४ लाख २७ हजार ७५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । सर्वसाधारणले यसमा न्यूनतम् २० देखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरमार्फत शेयर भर्न सक्नेछन् ।
रेटिङ एजेन्सी इक्रा नेपालले यस कम्पनीको आईपीओलाई ‘इक्रा एनपी ट्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको संकेत गर्छ । इक्रा नेपालले २०७९ चैत २४ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०८० चैत २३ गतेसम्म बाहल रहनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालले ८८ प्रतिशत हकप्रद शेयर जारी गर्दै
मंसिर ७, २०८१ शुक्रबार
अपि पावरको साधारण सभाले पारित गर्यो ४९ मेगावाटमा लगानी गर्ने प्रस्ताव
कात्तिक १२, २०८१ सोमबार
विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा प्रभु क्यापिटलद्वारा प्रशिक्षण कार्यक्रम सञ्चालन
कात्तिक ११, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै
मंसिर १२, २०८१ बुधबार
काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दो
मंसिर १२, २०८१ बुधबार
जासुसीको आरोप लगाउँदै रूसले बेलायती कुटनीतिज्ञलाइ दियो देश छाडने आदेश
मंसिर १२, २०८१ बुधबार
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १२, २०८१ बुधबार
एनपीएलः वेष्ट इन्डिजका चाडविक वाल्टन नेपाल आइपुगे
मंसिर १२, २०८१ बुधबार
हिजो सम्भवः नभए पछि रवि लामिछानेलाई आज साँझसम्म काठमाडौं ल्याइने
मंसिर १२, २०८१ बुधबार