विकासोन्मुख देशका ऋण समस्या समाधानको आह्वान
नेपालबहस संवाददाता
भदौ २२, २०८० शुक्रबार १३:४:५
२२ भदौ, काठमाडौं । चीनका प्रधानमन्त्री ली खछयाङले विकासोन्मुख देशका ऋण समस्या समाधान गर्न आह्वान गरेका छन् । साथै उनले सुरक्षाको अवधारणालाई बढावा दिने तथा आर्थिक मुद्दालाई राजनीतिकरण गर्ने अभ्यासको संयुक्त रूपमा प्रतिरोध गर्नुपर्ने बताएका छन् ।
इन्डोनेशियाको राजधानी जकार्तामा भएको दक्षिणपूर्वी एशियाली देशहरूको सङ्गठन 'आसियान' को ४३ औँ शिखर सम्मेलनका क्रममा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेससँग भएको भएको भेटवार्तामा चिनियाँ प्रधानमन्त्री ली छ्याङलेसंयुक्त भार बाँडफाँडको सिद्धान्तका आधारमा विकासोन्मुख देशहरूको ऋण समस्यालाई सक्रियताका साथ सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरे ।
चिनियाँ प्रधानमन्त्री लीले विश्वव्यापी आर्थिक शासन प्रणालीको सुधार र अन्तरराष्ट्रिय वित्तीय संस्थाहरूमा विकासोन्मुख देशहरूको प्रतिनिधित्व र आवाजलाई प्रभावकारी रूपमा बढाउनु आवश्यक भएको बताए । यसैबीच, इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले ४३औँ आसियान शिखर सम्मेलनले दक्षिणपूर्वी एसियाली देश र तिनका साझेदारमाझ सकारात्मक ऊर्जा प्रवाह गरेको बताए । जकार्ता सम्मेलन केन्द्रमा ४३औँ आसियान शिखर सम्मेलनको समापन मन्तव्य व्यक्त गर्दै उनले सम्मेलनमा उपस्थित सबै देशका नेता र अतिथिको प्रशंसा गरे ।
“पछिल्ला तीन दिनमा हामीले १२ वटा शिखर सम्मेलन, ९० वटा दस्तावेज, आसियान साझेदारहरूसँग ठोस सम्झौता मात्र गरेनौँ सम्मेलनका क्रममा मैले उपस्थित सबैबाट सकारात्मक ऊर्जा प्रवाह भएको महसुस गरें । म विश्वासका साथ भन्न सक्छु कि आसियानलाई शान्तिपूर्ण, स्थिर र समृद्ध क्षेत्र बनाउने भावनालाई सुदृढ बनाउँछ,” राष्ट्रपति विडोडोले भने ।
राष्ट्रपति विडोडोले लाओ जनवादी लोकतान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोने सिफान्डानेलाई आसियानको अध्यक्षताको प्रतीक हथौडी हस्तान्तरण गरे । आसियको अध्यक्षता लाओसमा सरेसँगै आगामी वर्ष उक्त देशमा सङ्गठनको ४४ औँ शिखर सम्मेलन आयोजनाको दायित्व सोही देशको हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतको निजी अस्पतालमा आगलागी हुँदा छ जनाको मृत्यु
मंसिर २८, २०८१ शुक्रबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर २८, २०८१ शुक्रबार
कास्की जिल्ला अदालतले ५ दिन थप्यो रविको म्याद
मंसिर २७, २०८१ बिहिबार
नयाँ बुटवल–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न
मंसिर २८, २०८१ शुक्रबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
झापामा नौ सय ३७ मेट्रिक टन कोदो उत्पादन
मंसिर २८, २०८१ शुक्रबार
विराटनगर किंग्सले टस जितेर पहिले ब्याटिङ रोज्यो
मंसिर २८, २०८१ शुक्रबार
राहदानी वितरण गर्न फ्रान्स दूतावासको टोली पोर्चुगलमा
मंसिर २८, २०८१ शुक्रबार
हुस्सुले ढाकिएको चौरजहारी उपत्यका
मंसिर २८, २०८१ शुक्रबार