सिञ्जामा जुम्लेली खस भाषाको पात्रो लागु

नेपालबहस संवाददाता
भदौ २२, २०८० शुक्रबार १३:३७:२९

२२ भदौ, जुम्ला । नेपाली खस भाषाको जन्मथलोका रुपमा रहेको जुम्लाको सिञ्जा गाउँपालिकाले पालिकाभित्र जुम्लेली खस भाषाको पात्रो लागू गरेको छ ।
गाउँपालिकाको ऐतिहासिक धार्मिक स्थल केदार महोत्सवमा कर्णाली प्रदेश सरकारका उपसभामुख यशोदा न्यौपानेबाट खस पात्रो सार्वजनिक गरिएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए ।
खस भाषाको संरक्षण र प्रवर्द्धनका लागि उक्त पात्रो पालिकामा लागू भई सञ्चालनमा आएको छ । गाउँपालिकाले सार्वजनिक गरेको खस पात्रोमा राष्ट्रिय क्यालेन्डरलाई प्रवर्द्धन गर्ने उद्देश्यले खस भाषामा महिनासमेत उल्लेख गरिएको छ ।
गाउँपालिका अध्यक्ष धितालले भने, “खस पात्रोमा खस संस्कृति झल्किने कार्यक्रम देउडा, हुड्के नाच, खस पहिरन, यहाँका मार्सी धानखेतीसहित बालीहरु, पुरातात्त्विक संरचना, ऐतिहासिक सिञ्जा उपत्यका, केदारनाथ क्षेत्रलगायत विभिन्न स्थान दस्तावेजीकरण गरिएको छ ।”
सोही पात्रोमा खस भाषाअनुसार महत्वपूर्ण तिथिमिति र दिवस पनि उल्लेख गरिएको गाउँपालिका उपाध्यक्ष शीतली रोकायाले जानकारी दिए । कक्षा १ देखि ३ सम्म खस भाषाबाट पढाइसमेत हुने गरेको छ । ४ देखि ८ कक्षासम्म खस भाषाको पाठ्यक्रम तयार भइसकेको छ । आगामी वर्षको शैक्षिक सत्रबाट पढाइ गरिने गाउँपालिकाका शिक्षा शाखा प्रमुख शङ्कर धितालले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्लामा १२ वडा बालविवाह मुक्त घोषणा
फागुन ८, २०८१ बिहिबार
जुम्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प
माघ ३०, २०८१ बुधबार
‘समाज बदल्न उपदेश दिनेले आफैँ बदलिनुपर्छ’
माघ २२, २०८१ मंगलबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
जर्मनीमा गाँजामाथि फेरि प्रतिबन्ध लाग्दै, २ वर्षमा उल्टिदै निर्णय
फागुन १४, २०८१ बुधबार
प्रकृति लम्साल मृत्यु प्रकरणः ओडिसा सरकारले कलेजका थप ४ जना अधिकारीलाई बयानमा बोलायो
फागुन १४, २०८१ बुधबार
भारतका चार तेल कम्पनीमाथि अमेरिकाको प्रतिबन्ध, इरानसँग व्यापार गरेको आरोप
फागुन १४, २०८१ बुधबार
बङ्गलादेशमा नेपाली सेना दिवस तथा साहित्यिक महोत्सव
फागुन १४, २०८१ बुधबार
मदिरा ‘प्याकेजिङ’ को अवैध कारोबार गर्नेविरुद्ध मुद्दा दायर
फागुन १४, २०८१ बुधबार
इन्टनेटमा हेरेरै केराको खम्बाबाट कागज उत्पादन
फागुन १४, २०८१ बुधबार