बाह्य लगानी भित्र्याउन सरकारले मित्र राष्ट्र र दातृनिकाय डाकेर शिखर सम्मेलन आयोजना गर्छः अर्थमन्त्री
नेपालबहस संवाददाता
भदौ २२, २०८० शुक्रबार १३:५७:१
२२ भदौ, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकरले नेपालमा छिट्टै लगानी शिखर सम्मेलन गर्ने तयारी गरिरहेको बताएका छन् । शुक्रबार सिंहदरबारमा आयोजित लगानी बोर्डको १२औँ वार्षिकोत्सवको अवसर पारेर उनले सो लगानी सम्मेलन गर्ने घोषणा गरेका हुन् ।
उनले मित्र राष्ट्र र दातृनिकायलाई सम्लग्न गराएर सम्मेलन गर्ने बताए । नेपालमा लगानीको राम्रो वातारण छ भनेर विश्वलाई जानकारी दिने बताए । अर्थमन्त्री महतले विश्व बजारमा सूचना प्रविधिको क्षेत्रमा स्थापित कर्पोरेट कम्पनीहरुको लगानी समेत नेपालमा भित्र्याउने गरी सो शिखर सम्मेलन आयोजना गर्ने लागिएको बताए ।
त्यस अवसरमा उनले नेपालमा आर्थिक वृद्धि बढाउने राम्रा संकेतहरु देखिएको उल्लेख गर्दै त्यसले मुलुकको आर्थिक गतिविधिले बढावा पाउने विश्वास व्यक्त गरे ।
नेपालमा पर्यटन, कृषि, जलविद्युत र सूचना प्रविधिको क्षेत्रमा लगानी बढने र बजारको पनि राम्रो व्यवस्था भएकाले यस क्षेत्रमा बाह्य लगानी भित्रिने समेत अर्थमन्त्री महतले दाबी गरे । भारतमा १० हजार मेगावाट विद्युत १० वर्षमा खरिद गर्ने सम्झौता भएको र चीनमा पनि सरकारले सोही खालको सम्झौतालाई अब छिट्टै अघि बढाउने बताए ।
अर्थमन्त्री महतले विश्व बजारमा सूचना प्रविधिको क्षेत्रमा स्थापित कर्पोरेट कम्पनीहरूको लगानीसमेत नेपालमा भित्र्याउने गरी सो शिखर सम्मेलन आयोजना गर्न लागिएको पनि जानकारी दिए । त्यस अवसरमा उनले नेपालमा आर्थिक वृद्धि बढाउने राम्रा संकेतहरू देखिएको उल्लेख गर्दै त्यसले मुलुकको आर्थिक गतिविधिले बढावा पाउने विश्वास व्यक्त गरे ।
उनले भने, ‘हाम्रो देश आर्थिक समस्याका विभिन्न कारणबाट गुज्रेको छ । तर राम्रो दिन आउँदैछ । यसको राम्रो संकेतहरू देखा पर्न थालेका छन् । यसको मतलब यो होइन कि हामी समस्यारहित भइसक्यौं भन्ने होइन । समस्याहरू छन् । तर ती समस्याहरूलाई हटाउँदै आर्थिक वृद्धि बढाउने राम्रो अवसरहरू अब सुरु हुन्छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
राष्ट्रिय किताब खानाका शाखा अधिकृत प्रसाईं घुससहित पक्राउ
पुष १४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा राणाद्वारा भारतीय पूर्वप्रधानमन्त्री सिंहप्रति श्रद्धाञ्जली
पुष १४, २०८१ आइतबार
बैतडीमा निस्सासिएर मजदुरको ज्यान गयो
पुष १४, २०८१ आइतबार
कानून नमान्ने खेल संघलाई कारबाही हुन्छः खेलकुदमन्त्री चौधरी
पुष १४, २०८१ आइतबार
कुखुराको मासु खाँदा अछाममा एकको मृत्यु, तीन जना बिरामी !
पुष १४, २०८१ आइतबार