कोरियामा मौसमी कामदार पठाउने सम्झौता भएको हल्ला निराधार : श्रम मन्त्रालय
नेपालबहस संवाददाता
भदौ २२, २०८० शुक्रबार १४:५१:२७
२२ काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्षिण कोरियासँग मौसमी कामदार पठाउने कुनैपनि सम्झौता नभएको स्पष्ट पारेको छ ।
मौसमी कामदार पठाउने सूचना सामाजिक संजालमा व्यापक भएपछि मन्त्रालयले यसको खण्डन गर्दै नक्कली सूचनाको भ्रममा नपर्न सबैसँग आग्रह गरेको छ । मन्त्रालयले नेपालबाट हालसम्म कोरियाका लागि कोरिया रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत मात्र कामदार पठाउने व्यवस्था रहेको समेत प्रष्ट पारेको छ ।
श्रम प्रवक्ता डण्डुराज घिमिरेको हस्ताक्षरसहितको मौसमी कामदार लैजाने प्रक्रिया सुरु भएको भन्दै नक्कली सूचना सामाजिक सञ्जालमा भेटिएपछि श्रम मन्त्रालयले त्यस्ता नक्कली सूचना निकाल्ने पक्षको खोजी भइरहेको जनाइएको छ । उक्त नक्कली सूचनामा कार्तिक २२ सम्ममा १२ हजार नेपाली कामदार पठाउन कोरियासँग सम्झौता भएको उल्लेख छ । जसको भ्रममा परेर धेरै व्यक्तिले मन्त्रालयमा समेत सम्पर्क गर्ने क्रम बढेको थियो ।
क्रम नरोकिएपछि मन्त्रालयले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरेर भ्रमणमा नपर्न सचेत गराएको हो । ‘‘आधिकारिक निकायको अनुमतिबिना सामाजिक सञ्जालमा वैदेशिक रोजगारसम्बन्धी विषयमा प्रचारप्रसार गरी सर्वसाधारणमा भ्रम सिर्जना नगर्नसमेत सम्बन्धित सबैमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय जानकारी गराउँछ’ विज्ञिप्तिमा भनिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
खेतमा भेटिएको नवजात शिशुको जिम्मा सहनी परिवारलाई
मंसिर ११, २०८१ मंगलबार
अब हिंसाका तथ्याङ्क र घटना कम गर्न आवश्यक छ : महानगर प्रमुख महर्जन
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार