बीपी साहित्य महोत्सवका कारण १९ वर्षपछि रंगियो कांग्रेसको पार्टी कार्यालय
नेपालबहस संवाददाता
भदौ २२, २०८० शुक्रबार १४:५४:३१
२२ भदौ, काठमाडौं । नेपाली कांग्रेसको सानेपास्थित पार्टी कार्यालयल रंगिएको छ । पहिले सेतो रंगमा रहेको भवन यतिबेला रातो र हरियो मिश्रित रंग लगाइएको छ । बीपी साहित्य महोत्सवका लागि पार्टी केन्द्रीय कार्यालयलाई झकिझकाउ बनाइएको हो । भदौ २४ देखि २६ सम्म कांग्रेसले भब्य रुपमा बीपी साहित्य महोत्सव अयाजना गर्दैछ ।
निकै ठूलो जनशक्ति खर्चिएर कांग्रेसले पार्टीको कार्यालय सिंगारिरहेको छ । सम्भवत भोली विहानसम्ममा सबै तयारी सकिने छ । साहित्य महोत्सवको तयारीबारे जानकारी दिन कांग्रेसले शुक्रबार अपरान्ह ५ बजे पत्रकार सम्मेलन राखेको छ ।
पत्रकार सम्मेलन कार्यक्रममा महामन्त्री विश्वप्रकाश शर्मा लगायत पदाधिकारीहरु उपस्थित रहने बताइएको छ । कांग्रेसले बीपी साहित्य महोत्सव मूल तयारी समिति गठन गरेको छ । भदौ २४ देखि २६ गतेसम्म महोत्सव मनाउनका लागि पार्टीका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा ‘बीपी साहित्य महोत्सव मूल तयारी समिति’ गठन गरेर तयारी गरिहेको छ ।
कांग्रेस केन्द्रीय समितिको साउन २ गतेदेखि १० गतेसम्म सम्पन्न बैठकको निर्णयअनुसार भदौ २४ देखि महोत्सव मनाउने निर्णय गरेको थियो । समितिले साहित्य महोत्सवलाई सफल बनाउन पार्टीका भातृ तथा शुभेच्छुक संस्थाहरूको परिचालन गर्दै विभिन्न संघसंस्थासँग समन्वय गरी कार्यक्रमलाई भब्य बनाउने जनाएको छ ।
साहित्व महोत्सवमा विभिन्न चरणवद्ध कार्यत्रलमहरु राखिएका छन् । बीपी र प्रजातनबारे प्रवचन दिन विभिन्न क्षेत्रका विज्ञ र विश्लेषकलाई निमन्त्रणा दिइएको छ । सांगितिक कार्यक्रम पनि राखिएका छन् । यसैका लागि सानेपामा रहेको केन्द्रीय कार्यालयलाई सजाउन र मञ्च निर्माणका लागि १०० भन्दा बढी कामदार परिचालन गरिएको छ ।
कार्यालयमा दुई स्थानमा समानान्तर रुपमा कार्यक्रम गर्न सकिने गरी हल निर्माण भइरहेको छ । करिव १३ सय बढी अटाउने गरी हल र मञ्चहरु बनाइएका छन् । पार्किङका लागि रिङरोडको एउटा लेनलाई उपयोग गरिने बताइएको छ । ११० औं जन्मजयन्तीका अवसरमा ११० वटा बेलुन उडाएर उदघाटन हुनेछ । पहिलो दिनको पहिलो कार्यक्रम सभापति देउवाले उद्घाटन गर्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार
राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार