नेता कँडेलको आत्महत्या दुरुत्साहन मुद्दाका आरोपी रुंगाटा उच्चको आदेशमा रिहा हुँदै
नेपालबहस संवाददाता
भदौ २२, २०८० शुक्रबार १६:३:३५
२२ भदौ, काठमाडौं । पोल्ट्री व्यवसायी समेत रहेका चितवनका कांग्रेस नेता शंकर कँडेलको आत्महत्या दुरुत्साहन मुद्दामा पुर्पक्षका लागि जेल चलान गरिएका प्रदीप रुङ्गाटा रिहा हुने भएका छन् ।
मुद्दामा साउन १८ मा उनलाई चितवन जिल्ला अदालतले मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म जेलमा राख्न आदेश दिएको थियो । आदेश सुनाएलगत्तै उनी बेहोस भएर ढलेका थिए । त्यसपछि उनलाई जेल नलगी भरतपुर अस्पतालमा उपचारका लागि लगियो । त्यहाँबाट भदौ ८ मा डिस्चार्ज भएर जेल पुर्याउने बित्तिकै पुनः बेहोस भएर ढलेपछि लगत्तै चितवन मेडिकल शिक्षण अस्पतालमा उपचार सुरु गरे । अस्पतालमा उपचार गराइरहेकै बेला उनको तर्फबाट उच्च अदालत हेटौंडामा दर्ता गराएका रिटमाथि उच्चले बिहीबार पाँच लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिइसकेको छ ।
उच्च अदालतका न्यायाधीश राजेश्वर तिवारी र निर्मला शाक्यको इजलासले रुङ्गटालाई धरौटीमा छाड्ने आदेश दिएको हो । अस्पतालमा उपचाररत उनलाई उच्चको आदेशपछि प्रहरीले रिहाको तयारी गरेको थियो । तर बिहीबार र शुक्रबार चितवनमा चेपाङ समूदायको पर्वका लागि सार्वजनिक बिदा भएकोले आइतबार मात्र रिहा हुने भएका छन् । उनी एक रात पनि जेल नबसी रिहा हुँदैछन् ।
कँडेलले आत्महत्याका क्रममा लेखेको भनिएको ‘सुसाइड नोट’मा रुंगटा र जीवन रावलले कम्पनीको ८५ प्रतिशत शेयर किनेको र पैसा नदिएका कारण आत्महत्याको बाटो रोज्नु परेको व्यहोरा पाइएको थियो । सोही आधारमा कँडेलका परिवारले रावल र रुंगटाविरुद्ध उजुरी दिएकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार
साढे १७ करोड अमेरिकी डलर लगानीमा मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको निर्माण सुरु
मंसिर ८, २०८१ शनिबार
अमेरिकी डलरदेखि क्यानेडियन डलरसम्मको भाउ घट्यो
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनको बिजुली
मंसिर ८, २०८१ शनिबार
५०० पसलमा २० मात्रै नियमअनुरुप चलेका भेटिए
मंसिर ८, २०८१ शनिबार
आज जन्म लिने बच्चा सिंह राशीको हुने
मंसिर ८, २०८१ शनिबार