नेपालमै पहिलो पटक ह्यालोजनमुक्त तार, जेड एच ईकोवायर सार्वजनिक
नेपालबहस संवाददाता
भदौ २२, २०८० शुक्रबार १७:५०:१२
२२ भदौ, काठमाडौं । लिटमस केवल्सद्वारा नेपालकै पहिलो ह्यालोजनमुक्त तार जेड एच ईकोवायर सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा लिट्मस केबल्सले एक भव्य समारोह बीच अत्याधुनिक जर्मन प्रविधिद्वारा नेपालमै उत्पादन गरिएको ईकोवायर जेड एच ईकोवायर सार्वजनिक गरिएको हो ।
लिटमस इन्डस्ट्रिज लिमिटेडका निर्देशक रोहित गुप्ताले ह्यालोजनमुक्त ईकोवायर नेपालको विद्युतीय उद्योगमा एक महत्वपूर्ण कोसेढुंगाको रूपमा रहनुका साथ साथै यसले ग्राहक वर्गमा अझ बढी र उच्च कोटीको सुरक्षाको अनुमति दिनेमा कम्पनी विश्वस्त रहेको बताए ।
‘इकोवायर नेपालमै पहिलो ह्यालोजन मुक्त एकमात्र तार हो । ग्राहकवर्गको माग, सुरक्षालाई आत्मसात गरी नयाँ नयाँ प्रविधि तथा नविनतम उत्पादनहरु बजारमा ल्याउने छौं । यसको कम धुवाँ र उत्सर्जन मुक्त विशेषताहरूले यो सबै प्रयोगकर्ताहरूको लागि उपयुक्त विकल्प बनेको छ। यसबाहेक, यसको खीया नलाग्ने गुणहरू र आगो प्रतिरोधले समग्र सुरक्षा रुपरेखा बढाउँछ ।’
नवीनतम प्रविधियुक्त जेड एच ईकोवायर ले आगलागीका जोखिमलाई कम गर्नुका साथै जीवन तथा धनमालको सुरक्षामा महत्वपूर्ण योगदान पुयाउने कम्पतनीको दाबी छ । लिटमस इन्डस्ट्रिज लिमिटेड नेपालको अग्रणी केबल निर्माता, जसले वि.स. २०३५ सालदेखि देशलाई उज्यालो र औद्योगिक विकासलाई समर्थन गर्दै आएको छ ।
सन् २०१४ देखि रमेश कर्म अन्तर्गतको संस्थाको रुपमा नेपालमा अत्याधुनिक जर्मन प्रविधि प्रयोग गरी तार तथा केबलको निर्माण गर्दै आइरहेको लिट्मस इन्डस्ट्रिजले विस्तृत रूपमा घर र उद्योगमा निरीक्षणको अभिप्रायहरू प्रदान गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिका र भारतले शक्तिशाली पृथ्वी–अवलोकन उपग्रह प्रक्षेपण गर्ने
पुष ६, २०८१ शनिबार
इन्स्टाग्राममा नयाँ एआई उपकरणहरू आउँदै, अब भिडियोहरू तुरुन्तै परिवर्तन हुने
पुष ५, २०८१ शुक्रबार
हुलाक सेवा संवेदनशील र महत्वपूर्ण छः सञ्चारमन्त्री गुरुङ
पुष १, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ
पुष ७, २०८१ आइतबार