पारिवारिक तिरस्कारले घर छाडेका ८० बर्षिय वृद्ध धनुषाको जंगलमा अलपत्र
नेपालबहस संवाददाता
भदौ २२, २०८० शुक्रबार १८:३४:१०
पारिवारिक तिरस्कारले घर छाडेका ८० बर्षिय वृद्ध धनुषाको जंगलमा अलपत्र
विशाल बस्नेत
१९ भदौ, महोत्तरी । शरीर लकलक कामिरहेको छ । बोल्दा ओठ लरबराइरहेका छन । कपाल र दारी सेतै फुलेको छ । जंगलको विचमा एउटा झुल टागीएको छ । एक वृद्ध कमजोर शरीर लिएर यही सुनासान अनकण्टार ठाउँमा २२ दिनदेखी बसिरहेका छन ।
बल्वा नगरपालिका वडा न।११ रौजाका मोहम्मद एलाही शेख घरवाट निस्किएको २२ दिन भयो । शेखका अनुसार घरमा छोरा, बुवारी, श्रीमतिले तिरस्कार गरेपछी घरवाट निस्किएका हुन । मिथिला नगरपालिका-११ लालगढ स्थित अजिङगरे डाडामा भेटिएका शेखले गहभरी आशु वनाउदै भने ( पारिवारिक तिरस्कारमा परेपछी घरबाट निस्किए अनि अल्लाहले यहाँ ल्याई पुर्याउनुभयो ।
।
कान्छो छोरा मोहम्मद नेसारुन सेज घरमा नै छ । श्रीमती छन । जेठा छोरा फेजुल सेख बिदेशमा छन । उनले भने । तीन छोरीहरु छन, जेठी छोरी मोमिना खातुनको मटिहानीमा विवाह भएको छ, माइली छोरी नागीना खातुनको गाउँमा नै र कान्छी छोरी रविना खातुनको धनुषाको लोहोनामा विवाह भएको छ ।
शेखले १२ बर्षदेखी घर-परिवारको तिरस्कार वनेको हुनाले एकान्त खोज्दै यहाँ आईपुगेको बताए । उन्ले भने घरमा बस्न नसकेपछी २२ दिन अगाडि घरवाट निस्किएको हौ अब यतै मर्छु । २२ दिनसम्म केही नखाएको वताउने शेखले आफ्नो ठेगाना र पारिवारिक विवरण वताउदा पनि बोल्न सकिरहेका थिएनन ।
उमेरले ८० बर्ष पुगेको वताउने शेख घर फर्कन नचाहेको वताउछन । पिकनिकको लागी त्यहा पुगेका ब्यक्तिहरुले देखेपछी वृद्धको बिषयमा खोजबिन भएको थियो ।
त्यसपछी जिल्ला समन्वय समितिका सदस्य राजन गौतमले स्थानिय संचारकर्मीलाइ खबर गरेपछि वल्वा नगरपालिकामा जनप्रतिनिधिसँग बुझ्दा रौजाका नै भएको प्रमाणित भएको थियो ।
बल्वा नगरपालिका वडा न.९ का वडा अध्यक्ष सनौल शेखले पनि एलाही शेख वडा न।११ कै भएको तर उनी कसरी घर छाडे भन्ने बिषयमा जानकारी नभएको बताए । नगरप्रमुख राम विजय महतोले त्यस बिषयमा बुझेर उद्धार गर्ने बताएका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदशैं, तिहार र छठमा ५ करोडको फूल किनबेच
कात्तिक २६, २०८१ सोमबार
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदै
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने शहरबीच भगिनी सम्बन्ध
मंसिर ९, २०८१ आइतबार
देउवाले उमेश श्रेष्ठलाई बनाए कांग्रेसको कोषाध्यक्ष
मंसिर ९, २०८१ आइतबार
नारायणी अस्पतालमा ‘मेमोग्राम’ जडान अन्तिम चरणमा
मंसिर ९, २०८१ आइतबार
व्याँसी सौका समुदाय खलङ्गा झर्दै
मंसिर ९, २०८१ आइतबार
मह बेचेर चार लाखबढी आम्दानी गर्दै रूपबहादुर
मंसिर ९, २०८१ आइतबार