बिदाको दिन सरकारी गाडीको दुरुपयोग गर्ने तीन जना समातिए
नेपालबहस संवाददाता
भदौ २४, २०८० आइतबार ७:४१:१५
२४ भदौ, भक्तपुर । नेकपा एमालेको भातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालले बिदाको दिन बिना पास चलेको सरकारी गाडीलाई प्रहरीलाई बुझाउने कार्यक्रम अन्तर्गत शनिबार भक्तपुरमा भएको कार्यक्रमबाट तीन वटा गाडी समातिएका छन् ।
शनिबार सार्वजनिक बिदाको दिन बिना पास सरकारी गाडी चलाइको पाइएमा राष्ट्रिय युवा सङ्घ नेपालका युवाहरूले गाडीको साँचो प्रहरीलाई बुझाउने कार्यक्रम अन्तर्गत भक्तपुरको जगातीमा तीन वटा गाडी समातिएका हुन् ।
युवा सङ्घ नेपाल भक्तपुर जिल्लाको अगुवाइमा भएको कार्यक्रममा भक्तपुरको भक्तपुर नगरपालिका व्यासी र जगाती चोकमा युवा झण्डा बोकेर बसेका थिए । टोलीले भक्तपुरमा समातिएनन् भने भक्तपुरको जगाती सूर्यविनायकमा तीन वटा भेटिएको हो ।
बिदाको दिन सरकारी गाडी दुरुपयोग गर्दै परिवारसँग घुम्ने र निजी काममा प्रयोग गर्ने विकृतिलाई रोक्न युवा सङ्घ भक्तपुरले यस्तो अभियान चलाएको सहभागी युवाले बताए । सम्पूर्ण युवाहरूले राष्ट्रिय युवा संघ नेपालका नगर अध्यक्षसँग समन्वय गरी कार्यक्रम गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार