११० बेलुन उडाएर बीपी साहित्य महोत्सव सुरु
जननायक बीपीको तस्वीर अंकित र पार्टीकाे झण्डा काेरिएकाे बेलुन ३ दिनसम्म पार्टी कार्यालयमा उडाइने
नेपालबहस संवाददाता
भदौ २४, २०८० आइतबार १२:१:७
२४ भदौ, ललितपुर । तीन दिने वीपी साहित्य महोत्सव सुरु भएको छ । जननायक विश्वेश्वर कोइरालाको ११औं जन्मजयन्तीको अवसरमा नेपाली कांग्रेसको केन्द्रीय पार्टी कार्यालय सानेपामा आइतबार बहिान साढे ११ बजे साहित्य महोत्सवको समुद्घाटन गरिएको छ ।
पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जननायक कोइरालाको पूर्ण कदको शालिकमा माल्यार्पण र त्यहाँ गमलामा राखिएको बिरुवामा जल सिंचन गरेर महोत्सवको उद्घाटन गरे ।
महोसत्सव तीन दिनसम्म चल्ने महोत्सव आयोजन समितिले जनाएको छ । उदघाटन कार्यक्रममा ११० वटा बेलुन उडाइएको छ । एउटा मूल बेलुनलाई बीपीको तस्बीर, पार्टीको झण्डा, चार वटा तारा, चुनाव चिन्ह अंकितलाई तीन दिनसम्म कार्यालयमाथि उडाइनेछ ।
कांग्रेसका नेता कार्यकर्ताहरु सानेपामा बाक्लो संख्यामा सहभागी भएका छन् । उनीहरुले कार्यक्रस्थलमा राखिएको क्यानभासमा इच्छानुसार रंग भर्ने र तीन दिनको कार्यक्रम समाप्तिसम्ममा बन्ने आकृति प्रदर्शनीका लागि कालान्तरसम्म संरक्षण गरिने भएको छ । सहभागीहरुले वीपीको साहित्य लेखन, विचार र जीवनबारे चर्चा गर्दै विभिन्न योगदनकाे स्मरण गरेका छन् ।
यस्तै, ललितपु कांग्रेसले बनाएको उद्यानमा सभापति देउवाले रुद्धाक्षको बिरुवा रोप्ने काम सम्पन्न गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो
मंसिर ११, २०८१ मंगलबार
क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने
मंसिर ११, २०८१ मंगलबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँगको सम्झौतालाइ लिएर इजरायली संसदमा मतदान हुँदै
मंसिर ११, २०८१ मंगलबार