बालिका रेजिशाको मृत्यु प्रकरणका दोषीलाई कानूनी दायरामा ल्याउँछौं : स्वास्थ्यमन्त्री बस्नेत
नेपालबहस संवाददाता
भदौ २४, २०८० आइतबार १३:४२:०
२४ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसङख्या मन्त्री मोहनबहादुर बस्नेतले महाराजगन्जस्थित कान्ति बाल अस्पतालको एमर्जेृन्सी कक्षमा उपचार नपाएर एक बालिका रेजिशा गोपालीको मृत्यु प्रकरणका दोषीमाथि कारबाही हुने बताएका छन् ।
इजिप्टको राजधानी कायरोमा आयोजित जनसङ्ख्या स्वास्थ्य तथा विकास सम्मेलनमा भाग लिएर आइतबार स्वदेश फर्किएका मन्त्री बस्नेतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै जीवनमाथि खेलवाड गर्ने दोषीलाई कारवाहीको दायरामा ल्याएर छाड्ने बताए ।
केही दिन पहिले कान्ति बाल अस्पतालमा ६ वर्षीय बालिका रेजिशा गोपालीको समयमा उपचार नपाउँदा मृत्यु भएको थियो । मृतकका परिवार र नागरिक तहबाटै अस्पतालको चरम लापरवाहीले रेजिशाको ज्यान गएको भन्दै अस्पताल प्रशासन, चिकित्सक, सुरक्षा गार्डलाई कडा कारवाहीको माग गरेका छन् ।
संसद बैठकमा सांसदहरुले रेजिशाको मृत्यु अस्पताल र चिकित्सकको लापरवाहीका कारण भएको भन्दै स्वास्थ्यमन्त्री बस्नेतले सदनमा जवाफ दिन माग गर्दै आएका छन् । निष्पक्ष छानबिका लागि अस्पतालका कार्यकारी निर्देशकलाई निलम्बन गर्न र दोषीलाई कारवाहीको माग गरेका छन् ।
‘उक्त घटना भएको समय म बाहिर भए पनि चासोका साथ हेरिरहेको छु । मैले इजिप्टबाट नै सचिवज्यूलाई फोन गरेर छानबिन समिति बनाउन निर्देशन दिएको थिएँ । जानाजान गल्ती गर्नेलाई कारबाही हुन्छ’ संचारहरुसँग बताए ।
मन्त्री बस्नेतले कायरोमा सम्पन्न सम्मेलनमा जनसङख्या बसाइँसराइँ र अव्यवस्थित बसोबासका कारण स्वास्थ्य क्षेत्रमा परिरहेको समस्या र त्यसका समाधानका उपायहरुबारे बृहत छलफल भएको बताए । सम्मेलनमा सहभागी भएका विभिन्न देशका स्वास्थ्य मन्त्रीहरु, दातृ निकायका प्रतिनिधि र राजनीतिक नेतृत्वहरुसँग आफूले भेटघाट गरेर रणनीतिक विषयमा छलफल भएको मन्त्री उनले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसभामुख भन्छन- संविधानले परिकल्पना गरे अनुसार न संसदको गरिमा बढ्यो, न संसदीय ऐन बने
मंसिर २८, २०८१ शुक्रबार
रामचन्द्र पौडेलद्वारा पाँच देशका राजदूत नियुक्त
मंसिर २८, २०८१ शुक्रबार
जसपा नेपालका तीन वटा नगर समिति पुनर्गठन
मंसिर २८, २०८१ शुक्रबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
काठमाडौं–टीकापुर–काठमाडौं हवाई उडान यही मंसिर ३० गतेदेखि
मंसिर २८, २०८१ शुक्रबार
मकवानपुरमा एक युवक मृत अवस्थामा भेटिए
मंसिर २८, २०८१ शुक्रबार
विश्व बैंकले नेपाललाई दिने भो साढे १३ अर्ब ऋण
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
हिउँबिनाको हिमशृङ्खला
मंसिर २८, २०८१ शुक्रबार
विराटनगर किंगसले चितवन राइनोजलाई ५१ रनले हरायो, प्लेअफ सम्भावना कायमै
मंसिर २८, २०८१ शुक्रबार