अवैध रूपमा ल्याइएकाे ब्रासलेट र औँठीसहित विमानस्थलबाट ४ जना पक्राउ
नेपालबहस संवाददाता
भदौ २४, २०८० आइतबार १४:२:१
२४ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ एरियाबाट अवैध रुपमा भन्सार छली लैजान लागेको सुनका विभिन्न गहनासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । ब्रासलेट २ थान र बेरुवा औंठी १ थान गरी जम्मा ८५ ग्रामसहित युवकलाई आइतबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–८ का ३० वर्षीय शनि देउला र मोरङ पथरी शनिश्चरे नगरपालिका–१ बस्ने ३८ वर्षीय कमल गुरुङ, ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका–१ का २१ वर्षीय अनिश गुरुङ, २१ वर्षीय रोशन विश्वकर्मा रहेका छन् ।
हिमालय एयरको उडानद्वारा दोहाबाट काठमाडौं आएका अनिश र रोशनलाई उक्त परिमाणको सुनअवैध रुपमा लुकाई छिपाई भन्सार पार गराई देउला र कमल गुरुङले संकलन लैजान लागेको अवस्थामा फेला पारी उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका सबै जनालाई गौशाला प्रहरी वृत्तमा लगिएको छ । पचास ग्रामसम्म सुन ल्याउन दिने नियम भएपनि त्यसभन्दा बढी परिमाणमा सुन अवैध ओसारपसार गरेको अभियोग उनीहरुमाथि लागेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सहकारी ठगी प्रकरण: छविको बयान लिइयो, रविलगायतको लिइँदै
पुष ८, २०८१ सोमबार
अदालतले म्याद थप नगरेपछि रिहा भए निकोलस भुसाल
पुष ८, २०८१ सोमबार
क्रिसमसमा राक्सिराङ गाउँपालिकामा २ दिन सार्वजनिक बिदा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
झापा कपको उपाधि चर्च ब्वाइजलाई
पुष ८, २०८१ सोमबार