६० केजी सुन तस्करी प्रकरण : विध ल्याबका सञ्चालक भण्डारीसँग लिइयो बयान
नेपालबहस संवाददाता
भदौ २४, २०८० आइतबार १५:१७:१५
२४ भदौ, काठमाडौं । गत साउन २ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाडी र मोटरसाइकलको ब्रेकशुमा बनाएर भित्र्याइएको ६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणमा ललितपुरका विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग केन्द्रीय अनुसन्धान ब्युरोले बयान लिएको छ ।
यसअघि पक्राउ परेका बेल्जियम नागरिक दावा छिरिङसँग लामो समयको सम्पर्क फेला परेपछि सीआईबीले उनीसँग आइतबार बयान लिएको हो । भण्डारीकाे अकुत सम्पत्तिमाथि पनि निगरानी भइरहेकाे जनाइएकाे छ ।
भण्डारी माओवादी केन्द्र सरकारका बेला विभिन्न समयमा ४ मन्त्रीको सचिवालयमा बसेका काम गरेको पाइएको छ । सरकारी सेवा त्यागेर व्यापारमा लागेका उनी कोभिड महामारी १९ काे महामारी ताकाबाट राजनीतिमा जोडिएका थिए । उनले महामारीकै बेला उनले करोडौंको लगानीमा ल्याब संचालनमा ल्याएका थिए ।
भण्डारीले तस्करीमा आफ्नो नाम मुछिएर संचारमाध्यममा समाचार आएपछि तस्करी अनुसन्धानमा सहयोग गर्न आफू तयार रहेको कुरा शनिबार सामाजिक संजालमा लेखेका थिए ।
उक्त सुन प्रकरणमा अहिले सीआईबीले अनुसन्धान गर्दै आएको छ । हालसम्म दावा छिरिङसहित ७ जना चिनियाँ नागरिक, विमानस्थलका भन्सार अधिकृत, कर्मचारी लगायत सुन तस्करी प्रकरणमा ३० जना पक्राउ परेका छन् ।
गाा पुष १० मा विमानस्थलबाट बिद्युतीय चुरोट भेपमा लुकाएर तस्करी भएको ९ केजी सुन प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष केन्द्र उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुल समेत मुछिएका छन् । राहुलले सीआईबीसामु आत्मसमर्पण गरिसकेका छन् । सोही प्रकरणमा माओवादी केन्द्रका नेता एवं पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेशलाई पनि बोलाएर सीआईबीले बयान लिइसकेको छ ।
महराका बाबु–छोरा र दिपेशको दावा छिरिङसँग लामो सम्पर्क र सुनबारे पटकपटक कुराकानी भएको पाइएपछि बयान लिइएको हो ।कृष्णबहादुरलाइ उच्च निगरानीमा राखिएकाे बताइएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार