स्वार्थ समूहबाट स्थिर वातावरण बिथोल्न खोजिँदैछ, सतर्क रहनू : प्रधानसेनापति
नेपालबहस संवाददाता
भदौ २४, २०८० आइतबार १५:४२:५
२४ भदौ, काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले स्वार्थ समूहले देशको स्थिर वातावरण खल्बल्याउने कोशिस गरिरहेको भन्दै सजग र सतर्क रहन सेना पंक्तिलाई निर्देशन दिएका छन् ।
उनले प्रधानसेनापतिको जिम्मेवारी सम्हालेको दोस्रो वर्ष पूरा भएका अवसरमा आइतबार जङ्गीअड्डामा आयोजित कार्यक्रममा नेपाली सेनाका सकल दर्जालाई सम्बोधन गर्दै उनले तथ्यहीन र पूर्वाग्रही बेमौसमी तर्क झिकेर केही स्वार्थप्रेरित समूहले क्षणिक र प्रायोजित अभिलाषा राखेर वातावरण खलबल्याउने प्रयास गरिरहेको बताए ।
नेपालको एकीकरण अभियानको थालनीदेखि नै सेनाले देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वतन्त्रता, राष्ट्रिय एकता एवं जनभरोसालाई सदैव जोगाइराख्न अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको उनले बताए । सेनाले सामूहिक प्रयासबाट आर्जन गरेको गरिमा र जनविश्वासका लागि सकल दर्जालगायत निजामती कर्मचारी र आश्रित परिवारजनलाई धन्यवाद ज्ञापन गरे ।
सैन्य संगठन आजको भोलि तयार गर्न सकिने विषय नभएको बताउँदै कार्यकालको दुई वर्षको लक्ष्य र प्राप्ति उपलब्धिको समीक्षा समेत गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
नेपाली सेना लामो अध्ययन, तयारी, अभ्यास र अनुभवले निखारिएर सुदृढ र अनुशासित संगठन रहेको बताउँदै नयाँ प्रविधि, नयाँ परिवेश तथा अगामी बहुआयामिक चुनौती सामना गर्दै अगाडि बढ्न सक्षम रहेको बताए ।
कार्यकालको तेस्रो वर्ष थालनीको पूर्वसन्ध्यामा प्रधानसेनापति शर्माले छाउनी तथा सैनिक मञ्च टुँडिखेलमा रहेको वीर स्मारकमा माल्यार्पण गरेका थिए ।
उनले कर्तव्य पालनाको सिलसिलामा घाइते भएका सैनिकहरूकाे स्वास्थ्यलाभको कामना गरे । उनले कार्यक्रमा उपरथीमा बढुवा भएका कुमारबाबु थापा र महासेनानीमा पदोन्नति भएका प्रमुख सेनानी सुदर्शन विष्टलाई दर्ज्यानी चिन्ह प्रदान गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली सेनाद्वारा 'प्रेसर कुकर बम' निष्क्रिय
पुष ५, २०८१ शुक्रबार
प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता
मंसिर ३०, २०८१ आइतबार
प्रधानसेनापति सिग्देलले गरे भारतीय अधिकृत क्याडेटको कवाज निरीक्षण
मंसिर २९, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
हाईफाई र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका दयाहाङ !
पुष ७, २०८१ आइतबार
रुखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
इरानी प्राविधिकको समर्थनमा तेहरानद्वारा अमेरिकाको विरोध
पुष ७, २०८१ आइतबार