मलंगवामा कर्फ्यू हटाएर निषेधाज्ञा लागू, २७ गते रातिसम्म कायम रहने
नेपालबहस संवाददाता
भदौ २४, २०८० आइतबार १६:२१:१
२२ भदौ, काठमाडौं । सर्लाहीको मलंगवामा स्थानीय प्रशासनले घोषणा गरेको निषेधाज्ञा खुकुलो बनाउँदै लगेको छ । कृष्ण जन्माष्टमीको मूर्ति सेलाउने क्रममा भएको स्थानीय दुई समुदायबीच झडपप थप क्षति हुन नदिन प्रशासनले शनिबार दिउँसो ५ बजेदेखि आज बिहान ८ बजेसम्मका लागि कर्फ्यूकाे सहारा लिएकाे थियाे ।
तर आइतबार स्थानीय प्रशासनले सूचना निकाल्दै कर्फ्यू हटाएर निश्चित क्षेत्र ताेकेर निषेधाज्ञाकाे खुकुलाे बाटाे लिएकाे छ । कर्फ्यू सुरक्षाकर्मीले गाेली हान्नेसम्मकाे अधिकार पाएकाे हुन्छ भने निषेधाज्ञामा पहिलाे राेक्नेर सम्झाउने नीति हुन्छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवद्वारा आज जारी गरेको सूचनामा निषेधाज्ञाकाे बाटाे लिएकाे उल्लेख छ । पूर्वमा झिम नदी, पश्चिममा मुसैली नहर, दक्षिणमा नेपाल–भारत सीमा क्षेत्र र उत्तरमा बाबा पेट्रोल पम्प क्षेत्रमा निषेधाज्ञा कायम रहेने जनाइएको छ ।
निषेधाज्ञा अवधिमा मानिस भेला हुन, जुलुस गर्न नहुने, बैठक वा प्रदर्शन वा पोष्टर, पर्चा जस्ता प्रचार सामग्री टाँस्न वा लेख्न नपाइने उल्ल्ेख छ । गएको शुक्रबार राति मूर्ति सेलाउने क्रममा दुई समूहबीच झडप भएपछि स्थिति अप्रिय बन्दै गएको निष्कर्षसहित त्यसलाई रोक्न स्थानीय प्रशासनले निषेधाज्ञाको बाटो लिएको हाे ।
सूचनामा मानवअधिकारको सम्मान, शान्ति सुव्यवस्था कायम, सार्वजनिक सम्पत्तिको संरक्षण, समाजिक सद्भाव कायम राख्न अनुरोध समेत गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदशैं, तिहार र छठमा ५ करोडको फूल किनबेच
कात्तिक २६, २०८१ सोमबार
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदै
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
व्याँसी सौका समुदाय खलङ्गा झर्दै
मंसिर ९, २०८१ आइतबार
मह बेचेर चार लाखबढी आम्दानी गर्दै रूपबहादुर
मंसिर ९, २०८१ आइतबार
प्रतिनिधिसभाका सचिव अधिकारीले दिए राजीनामा
मंसिर ९, २०८१ आइतबार
जलवायु परिवर्तनको असरले कालोपत्थर बन्दै हिमाल
मंसिर ९, २०८१ आइतबार