१७ जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश, सवैभन्दा धेरै गुरुङसँग २ करोड ४६ लाख माग
नेपालबहस संवाददाता
भदौ २४, २०८० आइतबार १६:२५:३७
२४ भदौ, काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा जिल्ला अदालत काठमाडौंले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङसहित १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला अदालत काठमाडौँमा न्यायाधीश भोलानाथ ढकालको इजलासले सो आदेश दिएको हो ।
थुनामा रहेका १८ जनामध्ये केशव तुलाधरलाई अदालतले साधारण तारेखमा रिहा गर्न आदेश गरेको छ भने बाँकी १७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । गुरुङसँग अदालतले २ करोड ४६ लाख रूपैयाँ धरौटी माग गरेको छ ।
अन्य आराेपीहरुलाई पनि धरौटी किटान गरिएको छ । जसमा शिवजी भट्ट ३ लाख ३० हजार, रुद्र कुमार श्रेष्ठ ७ लाख ५० हजार, बालकृष्ण श्रेष्ठ ७ लाख ५० हजार, कलाधर देउजा १५ लाख, घमन कुमार कार्की ७ लाख ५० हजार र गोपाल कार्कीलाई ७ लाख ५० हजार धरौटी लिन भनिएको छ ।
यस्तै विनोद पौडेल १५ लाख, योगराज पौडेल ७ लाख ५० हजार, नारायणराज मिश्र ७ लाख ५० हजार, अरुण कुमार श्रेष्ठ ७ लाख ५०, ध्रुव प्रसाद अर्याल ३ लाख ३० हजार, बाबुराजा महर्जन १ लख १० हजार, देवनारायण महर्जन १ लाख १०, सकलानन्द महर्जन १ लाख १० हजार, सञ्जय कुमार महर्जन १ लाख १० हजार र लोकहरि घिमिरे ७ लाख ५० हजार धरौटी तोकिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुर्गा प्रसाईंलाई धरौंटीमा रिहा गर्न अदालतको आदेश
मंसिर २७, २०८१ बिहिबार
कास्की जिल्ला अदालतले ५ दिन थप्यो रविको म्याद
मंसिर २७, २०८१ बिहिबार
प्रसाईंको बयानः कम्बोडियामा ओलीको साढे ३२ अर्ब लगानी छ भनेर साथीले पठायो, मैले सार्वजनिक गरे
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार