घाँस काट्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
नेपालबहस संवाददाता
भदौ २४, २०८० आइतबार १६:३१:९
२४ भदौ, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासामा घाँस काट्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । बनकसबासा बस्ने अन्दाजी वर्ष ५० का धनबहादुर थापाको करेन्ट लागेर मृत्यु भएको नेपाल विद्युत् प्राधिकरण चन्द्रौटाका शाखाका इन्चार्ज दिनबन्धु आचार्यले जानकारी दिए ।
विद्युत् पोल नजिकै रहेको रुखमा चढेर घाँस काट्दा तारमा विद्युत प्रवाह भई थापाको मृत्यु भएको हुनसक्ने उनको भनाइ थियो । मृतक थापाको शव परीक्षणको लागि जिल्ला अस्पताल तौलिहवा लगिएको छ ।
गाउँको प्रतीक्षालय बस्ने अरूको काम गरिदिनेबापत स्थानीयवासीले खाना दिने गरेका स्थानीयले बताएका छन् । मृत्यु भएका थापाको आफ्नो परिवार कोही नभएकाले नजिकैका आफन्तलाई सम्पर्कमा ल्याई शव बुझाइने जिल्ला प्रहरी कार्यालय तौलिहवाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सहकारी ठगी प्रकरण: छविको बयान लिइयो, रविलगायतको लिइँदै
पुष ८, २०८१ सोमबार
अदालतले म्याद थप नगरेपछि रिहा भए निकोलस भुसाल
पुष ८, २०८१ सोमबार
क्रिसमसमा राक्सिराङ गाउँपालिकामा २ दिन सार्वजनिक बिदा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
झापा कपको उपाधि चर्च ब्वाइजलाई
पुष ८, २०८१ सोमबार
रोजगारी प्रवर्द्धनका लागि बन्दीपुरमा श्रम बैंक
पुष ८, २०८१ सोमबार