माओवादी आन्दोलनमा जातीय वा धार्मिक द्वन्द्व भएको उदाहरण देखाउन चुनौती दिन्छुः प्रचण्ड
नेपालबहस संवाददाता
भदौ २४, २०८० आइतबार १६:५३:५१
२४ भदौ, हेटौडा । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी आन्दोलनमा जातीय वा धार्मिक द्वन्द्व नभएको बताएका छन् । समाजवादी मोर्चाले हेटौंडामा आयोजना गरेको सन्देश सभामा उनले जातीय दंगा चर्काउन खोजिएको भन्ने माओवादीमाथि लगाइएको आरोप असत्य भएको बताए ।
उनले अहिले एकथरि तत्वहरु धार्मिक द्वन्द्वबाट देशलाई क्षतविक्षत गर्न खोजेको प्रवृत्तिले टाउको उठाउन खोजेको देखिएको र अर्कातिर जातीय दंगा चर्काएर यो परिवर्तन उल्ट्याउन चाहने अतिवाद हावी हुन खोजेको आरोप लगाए । उनले माओवादीले नै एकता भड्काएको आरोप लगाउने गरेको सुनाए । माओवादी आन्दोलनका क्रममा कहिले जातीय द्वन्द्व कहीँ पनि भएको भए त्यसको उदाहरण देखाउन समेत उनले चुनौती दिए ।
उनले भने, ‘मानिसहरू भन्छन– हामीले पहिचान, संघीयता, समावेशिता, समानुपातिकताका कुरा गर्ने यो माओवादीले नै एकता भड्कायो भन्छन् । माओवादी आन्दोलनको पूरै अवधि भरि शान्ति सम्झौता र लोकतान्त्रिक गणतन्त्रसम्म आउँदा माओवादी आन्दोलनका कारणले कहीँ पनि जातीय द्वन्द्व वा धार्मिक द्वन्द्व भएको एउटा पनि उदाहरण प्रस्तुत गर्न म सबैलाई चुनौती दिन चाहन्छु ।’ उनले त्यति बेला भावनात्मक एकता, राष्ट्रिय एकताको पक्षपोषण गरिएको बताए ।
प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि ‘निरंकुश राजनीतिक दलालले खुकुरी हानेको’ आरोप लगाए । निरंकुश राजतन्त्रका दलालहरूले लोकतान्त्रिक आन्दोलनका नेतामाथि खुकुरी हानेको घटना सामान्य होइन, यसबाट तपाईं–हामी सचेत हुनैपर्छ, उनले भने ।
केही समय यता सामाजिक सञ्जालमा प्रति क्रान्तिकारीको मनोबल बढेको उनले बताए । हेर्नै नसकिने चित्रहरू सामाजिक सञ्जालमा राखिएको उनले गुनासो गरे । सोसल मिडियामा सुन्नै नसकिने, चित्र हेर्याे भने हेर्नै नसकिने, लाजमर्दो हेर्न परिराखेको छ, उनले भने, किनकि, हामी कमजोर देखिएपछि कसरी प्रति क्रान्तिकारीहरूको मनोबल हुँदो रहेछ ।’
उनले लाखौँ जनतालाई सडकमा उतार्ने विषय दोहोर्याए । राष्ट्रियता, जनजीविकाका विषयमा जनतालाई सडकमा उतारेर राजतन्त्रका दलालको सात्तो जाने गरी प्रदर्शन गरिने उनको भनाइ छ । प्रचण्डले समाजवादी मोर्चाको ऐतिहासिक महत्त्व रहेको जिकिर गरे । समाजवादी मोर्चाको ऐतिहासिक, रणनीतिक महत्व रहेको भन्दै जनताको गणतन्त्र बनाउने दायित्व हाम्रो काँधमा आएको बताए ।
प्रचण्डले प्राप्त उपलब्धिको रक्षाको लागि लाखौं जनता सडकमा उतार्ने जिकिर गरे । उनले संघीयता, गणतन्त्रमाथि प्रतिक्रियावादीहरूले प्रहार गरिरहेको भन्दै त्यसविरूद्ध जनता सडकमा उतार्ने जिकिर गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार