भदौ २७ गतेदेखि अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने
नेपालबहस संवाददाता
भदौ २४, २०८० आइतबार १७:२०:४
२४ भदौ, काठमाडौं । नेपालस्थित दक्षिण कोरियाली दूतावास र नेपाल तेक्वान्दो सङ्घको संयुक्त आयोजनामा ११औँ कोरियन एम्बेसडर खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता–२०२३ हुने भएको छ । प्रतियोगिता यही भदौ २७ देखि ३१ गतेसम्म राजधानीमा हुने आज आयोजित पत्रकार सम्मलेनमा जानकारी दिइएको छ ।
प्रतियोगितामा सात सय ११ महिला र एक हजार ६७ पुरुष गरी कुल एक हजार सात सय ७८ जना सिनियर तथा जुनियर खेलाडी सहभागी हुने तेक्वान्दो सङ्घका उपाध्यक्ष तथा प्रतियोगिता आयोजक समितिका संयोजक भानबहादुर चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार पुम्सेतर्फ २५ र ग्यरोगी ९फाइट० तर्फ ३२ गरी जम्मा ५७ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
यसअघि नेपाली खेलाडीमात्र भाग लिने यस प्रतियोगितामा पहिलो पटक भारत र बङ्गलादेशका खेलाडीले सहभागिता जनाउनेभएका छन् । भारतबाट ३५ र बङ्गलादेशबाट ३३ खेलाडीले भाग लिने आयोजक सङ्घले जनाएको छ ।
उक्त प्रतियोगिता सञ्चालनका लागि करिब रु ३५ लाख खर्च लाग्ने आयोजकको भनाइ छ । प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई कोरियामा आयोजना हुने विश्व कोरियन एम्बासडर प्रतियोगितामा सहभागी गराइने आयोजक सङ्घले जनाएको छ ।
(((
२४ भदौ, काठमाडौं । नेपालस्थित दक्षिण कोरियाली दूतावास र नेपाल तेक्वान्दो सङ्घको संयुक्त आयोजनामा ११औँ कोरियन एम्बेसडर खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता–२०२३ हुने भएको छ । प्रतियोगिता यही भदौ २७ देखि ३१ गतेसम्म राजधानीमा हुने आज आयोजित पत्रकार सम्मलेनमा जानकारी दिइएको छ ।
प्रतियोगितामा सात सय ११ महिला र एक हजार ६७ पुरुष गरी कुल एक हजार सात सय ७८ जना सिनियर तथा जुनियर खेलाडी सहभागी हुने तेक्वान्दो सङ्घका उपाध्यक्ष तथा प्रतियोगिता आयोजक समितिका संयोजक भानबहादुर चन्दले जानकारी दिए । उनका अनुसार पुम्सेतर्फ २५ र ग्यरोगी 'फाइट' तर्फ ३२ गरी जम्मा ५७ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
यसअघि नेपाली खेलाडीमात्र भाग लिने यस प्रतियोगितामा पहिलो पटक भारत र बङ्गलादेशका खेलाडीले सहभागिता जनाउने भएका छन् । भारतबाट ३५ र बङ्गलादेशबाट ३३ खेलाडीले भाग लिने आयोजक सङ्घले जनाएको छ ।
उक्त प्रतियोगिता सञ्चालनका लागि करिब रु ३५ लाख खर्च लाग्ने आयोजकको भनाइ छ । प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई कोरियामा आयोजना हुने विश्व कोरियन एम्बासडर प्रतियोगितामा सहभागी गराइने आयोजक सङ्घले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली पार्कर खेलाडी सुनार गिनिज बुकमा नाम लेखाउन सफल
पुष ७, २०८१ आइतबार
बक्सिङ डे टेस्टमा भारतको रेकर्ड कस्तो रह्यो ?
पुष ५, २०८१ शुक्रबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
ताइवानका राष्ट्रपतिको उम्मेदवार माथि भ्रष्टाचारको अभियोग
पुष ११, २०८१ बिहिबार
भारतीय चर्चित गायक सोनु निगमले गरे पशुपतिनाथको दर्शन [ फोटो फिचर ]
पुष ११, २०८१ बिहिबार
साइपाल हिमालको आधार शिविर क्षेत्र
पुष ११, २०८१ बिहिबार
राष्ट्रियसभाले बिजनेस पाउन सकेन : अध्यक्ष दाहाल
पुष ११, २०८१ बिहिबार
चीनको सिचुवान एयरलाइन्सको जहाज
पुष ११, २०८१ बिहिबार