सुन तस्करी प्रकरणमा हाकिम पक्राउ परेपछि विमानस्थल भन्सारका कर्मचारीको सेवा रोक्ने तयारी
नेपालबहस संवाददाता
भदौ २४, २०८० आइतबार १७:२५:१३
२४ भदौ, काठमाडौं । गत साउन २ मा त्रिभुवन अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलबाट भएको ६० केजी सुन तस्करी प्रकरणमा विमानस्थलका भन्सा अधिकृत र कर्मचारीलाई सीआईबीले धमाधम पक्राउ गर्न थालेपछि भन्सार कार्यालयका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् ।
अनुसन्धानको नाममा प्रहरीले अनावश्यक दुःख दिएको भन्दै उनीहरुले आज त्रिवि भन्सार कार्यालय प्रमुख गौचरलाई पत्र लेख्दै विरोधको चेतावनी दिएका छन् । आज साङ्केतिक विरोधस्वरुप ३ घण्टा पेनडाउन गरेका छन् ।
भदौ २५ र २६ गते कार्गो जाँचपास शाखामार्फत हुने निकासी तथा पैठारीको काम बन्द गर्ने लगायत विषय राखेर विरोधका ५ बुँदे कार्यक्रम घोषणा गरेका छन् । विरोधका कार्यक्रमबारे भन्सार विभाग र अर्थ मन्त्रालयलाई समेत जानकारी दिएका छन् ।
निर्दोष कर्मचारीलाई फसाउन नपाउने, कार्यालयमा निर्भिक र त्रासमुक्त वातावरणमा काम गर्न पाउनुपर्ने, बिना प्रमाण हिरासत थुनामा राखिएका कर्मचारीहरूलाई रिहा गर्नुपर्ने, गिरफ्तार कर्मचारीको वैयक्तिक विवरण सार्वजनिक गर्न बन्द राेक्नुपर्ने, तस्करीका दोषीलाई कारबाही हुनुपर्ने लगायत माग राखेका छन् ।
आफूहरूको माग भदाै २७ गतेभित्र सम्बोधन नभए यात्रु्को जाँचपास काम ठप्प पार्ने चेतावनी दिएका छन् । सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि भन्दै प्रहरीको सीआइबीले शनिबार मात्र एक भन्सार अधिकृतसहित ३ जना कर्मचारीलाई पक्राउ गरेको थियो । प्रकरणमा हालसम्म कर्मचारी, ७ चिनियाँसहित ३० जना पक्राउ परेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचार महिनामा साढे चार खर्बभन्दा बढीको व्यापार घाटा
मंसिर ८, २०८१ शनिबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
एसिया कप क्रिकेट खेल्न १५ सदस्यीय टोली घोषणा
मंसिर ९, २०८१ आइतबार
कञ्चनजङ्घा हिमालको बेस क्याम्प जाने पदमार्ग देखिएका नाउर
मंसिर ९, २०८१ आइतबार
शे–फोक्सुण्डोको साल्दाङ डोल्पा
मंसिर ९, २०८१ आइतबार
तारजालीको छेकबारले मानव–वन्यजन्तुबीचको द्वन्द्वमा कमी
मंसिर ९, २०८१ आइतबार
तीन जना डाक्टरले सामुहिक राजीनामा दिएपछि प्रादेशिक अस्पतालको सेवा प्रभावित
मंसिर ९, २०८१ आइतबार
सिटिजन्स बैंकको कम्पनी सचिवमा प्रमेश राज कायस्थ नियुक्त
मंसिर ९, २०८१ आइतबार