मोरक्कोमा विनाशकारी भुकम्पमा परी मृत्यु हुनेको संख्या २१ सय नाघ्यो
नेपालबहस संवाददाता
भदौ २५, २०८० सोमबार ७:४७:५७
२५ भदौ, मोरक्को । मोरक्कोमा विनाशकारी भुकम्पमा परी मृत्यु हुनेको संख्या २ हजार १२२ पुगेको छ । अल हाउस प्रान्तमा सबैभन्दा बढी १ हजार २९३ जनाको मृत्यु भएको छ। भुकम्पमा २ हजार ५९ जना घाइते भएका छन् । जसमध्ये १ हजार ४ सय ४ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
भूकम्पले ऐतिहासिक सहर माराकेश र आसपासका क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । भुकम्पबाट अति प्रभावित दुर्गम क्षेत्रमा उद्धार कार्य जारी छ । यस्तो अवस्थामा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने जनाईएको छ । सरकारले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेको छ ।
यसैबीच विश्व स्वास्थ्य संगठनले भुकम्पबाट तीन लाख मानिस प्रभावित हुने अनुमान गरेको छ । मोरक्कोमा ६ दशकयताकै सबैभन्दा भीषण भुकम्पपछि जताततै विनाशका सङ्केतहरू देखिएका छन् । अस्पताल बाहिर शवको थुप्रो छ ।
उता, विनाशकारी भुकम्पबाट बाँचेका मानिसहरू भग्नावशेषमा आफ्ना प्रियजनहरूको जीवन खोजिरहेका छन्। मोरक्को सरकारले सेनाको सहयोगमा पीडितहरूलाई खाना र पेय पदार्थ पुर्याउने घोषणा गरेको छ। राजा मोहम्मद चतुर्थको निर्देशनमा सेनाले भग्नावशेषबाट मानिसहरूलाई उद्धार गर्न विशेष खोज अभियान चलाइरहेको छ।
मोरक्कोको गृह मन्त्रालयले ग्रामीण क्षेत्रका माटोका घरहरू पूर्ण रूपमा ध्वस्त भएको बताएको छ। भग्नावशेषका कारण साँघुरो सडकहरु बन्द भएका छन् । अस्पतालबाहिर करिब १० जनाको शव छरिएको छ र आफन्तहरू अन्तिम संस्कारको लागि पर्खिरहेका छन् ।
स्मरण रहोस गत शुक्रबार राति यस उत्तर अफ्रिकी देशमा ६।८ रेक्टर स्केलको भूकम्प गएको थियो । यस भूकम्पमा हालसम्म दुई हजारभन्दा बढीको मृत्यु भइसकेको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार सन् १९६० मा देशमा गएको शक्तिशाली भुकम्पमा १२ हजार मानिसको मृत्यु भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्यु
मंसिर ९, २०८१ आइतबार
जोर्डनस्थित इजरायली दूतावास नजिकै गोली चल्दा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ९, २०८१ आइतबार
कोप–२९ सम्मेलनः धनी देशले प्रतिवर्ष कम्तीमा ३०० अर्ब अमेरिकी डलर तिर्ने सहमति
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
मोरङमा हायसको ठक्करबाट साइकलयात्रीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
‘उपनिर्वाचन हुने स्थानीय तहमा सहज वातावरण बनाइने’
मंसिर ९, २०८१ आइतबार
बाजुरामा रूखले च्यापिएर एक जनाको मृत्यु, २ जना गम्भीर घाइते
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
मंसिर ९, २०८१ आइतबार