बीपी साहित्य महोत्सवको दोस्रो दिन आज पनि विज्ञहरुसँग गहकिला बिचार मन्थन हुने
नेपालबहस संवाददाता
भदौ २५, २०८० सोमबार ९:९:३४
२५ भदौ, काठमाडाैं । नेपाली कांग्रेसले आयोजना गरेको ‘बीपी साहित्य महोत्सव' अन्तर्गत आज दोस्रो दिनका कार्यक्रमहरू अहिले बिहान ९ बजेदेखि सुरु हुँदैछन् । महोत्सवको दोस्रो दिन बिहान ९ बजे ‘वीर गणेशमान’ चलचित्र प्रस्तुत गर्न लागिएको प्रचार विभागका सदस्य इन्द्र रिजालले जानकारी दिए ।
त्यसपछि बिहान ११ बजेपछि एक घण्टा भारतका प्रख्यात प्राध्यापक आनन्दकुमारले ‘माक्र्स, गान्धी एण्ड बीपी क्वेस्ट फर डेमोक्रेटिक सोसलिज्म टुडे’ विषयमा सम्भाषण प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । त्यसको सहजिकरण शंकर तिवारीले गर्ने भएका छन्।
आजै १२ बजेपछि कांग्रेस महामन्त्री गगन कुमार थापाको सहजिकरणमा विज्ञहरु हरि शर्मा, विपिन अधिकारी, अच्युत वाग्ले र मञ्चला झासँग ‘बीपीले नपाएको १५ वर्ष’ विषयमा विचार मन्थन गरिने भएको छ । दिउँसो २ बजेपछि भने पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वमन्त्री परराष्ट्रमन्त्रीद्धय डा. नारायण खड्का तथा प्रदीप ज्ञवाली र कुटनीतिज्ञ ईन्द्र अधिकारीले ‘अन्तराष्ट्रिय राजनीति र कुटनीतिमा बीपी’ विषयसँग पत्रकार सुधिर शर्माले छलफल चलाउने भएका छन्।
आजको अन्तिम प्रस्तुतिको रुपमा साहित्यकारहरू बुद्धिसागर, रामलाल जोशी, सरस्वती प्रतीक्षा, सुविन भट्टराईले ‘युवा स्रष्टामा बीपी पठन’ विषयमा विचार विमर्श गर्नेछन्, भने साँझ गजल साँझमा ३० जना गजलकारहरूले गजल प्रस्तुत गर्नेछन् ।
नेपाली साहित्यका शिखर पुरुष महामानव बीपी कोइरालाको ११० औं जन्मोत्सवको अवसरमा कांग्रेस केन्द्रीय कार्यालय बीपी नगर सानेपा ललितपुरमा हिजोबाट सुरु भई भोली समापन हुने तीन दिने महोत्सवमा १५ शीर्षकमा विचार विमर्श हुन लागेको हो । महोत्सव अन्तर्गत डकुमेन्ट्री, कविता, गजल र सांगीतिक प्रस्तुतिहरु पनि रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी
मंसिर ११, २०८१ मंगलबार
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो
मंसिर ११, २०८१ मंगलबार
क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने
मंसिर ११, २०८१ मंगलबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँगको सम्झौतालाइ लिएर इजरायली संसदमा मतदान हुँदै
मंसिर ११, २०८१ मंगलबार