व्यवसायीको माग अनुसार सुनको दैनिक १० किलो आयात कोटा बढाउन राष्ट्र बैंकलाई पत्र
नेपालबहस संवाददाता
भदौ २५, २०८० सोमबार १०:१७:५७
२५ भदौ, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुनको दैनिक १० किलो आयात कोटा बढाउन नेपाल राष्ट्र बैंकलाई पत्र पठाएको छ । चाडबाड नजिकिएसँगै बजारमा सुनको माग बढ्ने भएकाले आयात कोटा बढाउन व्यवसायीहरुले माग गरेका थिए । व्यवसायीको माग अनुसार सरकारले सुनको दैनिक आयात कोटा थप १० किलो बढाउन राष्ट्र बैंकलाई पत्र पठाएको हो ।
चाडबाडलाई दृष्टिगत गरी दैनिक आयात कोटा थप १० किलो बढाएर २० किलो पुर्याउन लागिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । एक साता अघि उद्योग मन्त्रालयलमा मन्त्री रमेश रिजाल र नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधिबिच कोटा बढाउने सहमति गरेको थियो । कोटा बढाउनकै लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राष्ट्र बैंकलाई पत्र पठाएको हो ।
राष्ट्र बैंकले सुन आयातको जिम्मा वाणिज्य बैंकहरूलाई दिएको छ । वाणिज्य बैंकले दिनको १० किलो सुन आयात गर्दै आएका छन् । वाणिज्य बैकहरूले थप १० किलो सुन आयातका लागि राष्ट्र बैंकले सर्कुलर जारी गर्नुपर्छ । त्यसका लागि राष्ट्र बैंकमा पत्र पठाएको हो । सुनको आयात कोटा थप १० किलो बढाएर २० किलो पुर्याएपछि बजारको माग धान्न केहि सहज हुने व्यवसायीको भनाइ छ ।
यता, व्यवसायीले सुनको आयात कोटा बढाउन माग गरिरहँदा बैंकमा हरेक महिना सुन थुप्रिएको छ । वाणिज्य बैंकमा सुन थुप्रिएपछि गत आर्थिक वर्षको चैत र असारमा सुन आयात नै नभएको नेपाल बैंकर संघको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
मदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अष्ट्रेलियालाई २१ रनले पराजित गरेपछि कप्तान राशिद खानले के भने ?
नेपालबहस संवाददाता
असार ९, २०८१ आइतबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
टोली सेमिफाइनलमा पुग्नेबित्तिकै अफगानिस्तानका सडकमा ट्राफिक जाम
असार ११, २०८१ मंगलबार
सर्वोच्चले खारेज गर्यो कोशी प्रदेश सरकार विरुद्धको रिट
असार ११, २०८१ मंगलबार
उपप्रमुख डंगोलसँग ल्हासा नगरको प्रतिनिधिमण्डलको भेटवार्ता
असार १२, २०८१ बुधबार
परराष्ट्रमन्त्री श्रेष्ठसँग चिनियाँ उपविदेशमन्त्री वेइडोङको भेटवार्ता
असार १२, २०८१ बुधबार
जलबिरे नजिकै ढुङ्गा खसेर सडक एकतर्फी अवरुद्ध
असार १२, २०८१ बुधबार
क्रिकेटर अनिल साहलाई कलैया उपमहानगरको सम्मान, एक लाख नगद पुरस्कार प्रदान
असार १२, २०८१ बुधबार
लेबनानमा हुने चार देशीय प्रतियोगिता खेल्ने महिला फुटबल टिमको घोषणा
असार १२, २०८१ बुधबार
लमजुङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका चार जनाको मृत्यु
असार १२, २०८१ बुधबार