वर्षमान पुन निकट भण्डारीको बयानपछि तस्करी सुनको अनुसन्धान माओवादी नेतातर्फ बढाउँदै सिआईबी
नेपालबहस संवाददाता
भदौ २५, २०८० सोमबार १०:५५:२३
२५ भदौं, काठमाडौं । सुन तस्करी प्रकरणको अनुसन्धान नेकपा माओवादीका नेताहरुतर्फ सोझिन थालेको छ । नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुनका बिश्वास पात्र भीमकान्त भण्डारीसँगको बयानपछि नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले (सीआइबी) ले सुनको अनुसन्धान नेतातर्फ केन्द्रित गर्न लागेको छ । आइतबार भण्डारीलाई कार्यालयमा बोलाएर सोधपुछ गरेको थियो ।
बिध ल्याबका सञ्चालकसमेत रहेका भण्डारी माओवादीका पुर्व मन्त्री पुनका बिश्वास पात्र हुन् । नेता कृष्णबहादुर महरा, उनका छोरा राहुल र पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुनसँग मााओवादी नेताका निकटमा रहेकासमेत यसप्रकरणमा सम्लग्न भएको भेटिएपछि सीआईबीले अन्य माओवादीका नेताहरुको सम्लग्नता खोज्न थालेको छ ।
कोरोना कालमा अस्वभाविक सम्पत्ति आर्जन गरेको देखेपछि अख्तियार र सम्पत्ति शुद्धीकरणको समेत मुद्दा खेपीरहेका भण्डारीको हालै भइरहेको सुन तस्करी प्रकरणमा पनि संलग्नता पुष्टी हुने आधार देखा परेको सिआइबीको ठहर छ । नायबसुब्बा मात्रै रहेका भण्डारीको माओवादीका नेताहरुसँग राम्रै उठबस छ । भण्डारीले पुन र महरा अर्थमन्त्री भएका समयमा काम गरेका थिए ।
सामान्य प्रशासनमन्त्री हितराज पाण्डे र समाज कल्याणमन्त्री आशा कोइरालाको सचिवालयमा पनि उनले काम गरेका थिए । सरकारी कर्मचारी भए पनि माओवादीका प्रभावशाली मन्त्रीको सचिवालयमा कार्य गरेको भण्डारीले छोटो समयमा नै अस्वभाविक आम्दानी बढेको थियो ।
हाल उनीबिरुद्ध बिशेष अदालतमा मुद्धा दर्ता गरिएको छ । उनको सम्पति रोक्का गरी मुद्दा चलाइरहेको बेला हालै भएको ६० केजी सुन तस्करी प्रकरणामा अस्वभाविक संलग्नता देखा परेपछि सीआइबीले बोलाएर सोधपुछ गरेको हो । उनको बयान नसकिएकाले आज सोमवार पनि थप बयान लिइदैछ ।
सीआईबीले मओवादीका नेताहरुसँग सुन तस्करीको कनेक्सन रहेको थहा पाएपनि उनीहरुलाई अनुसन्धानको दायरामा ल्याउन सकेको छैन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री नरायणकाजी श्रेष्ठको संरक्षण रहेका कारण पनि सीआईबीलाई अनुसन्धानमा बाधा उत्पन्न भइरहेका छ । केवल नेताका आसेपासेसँग बयान लिएर सम्लग्न रहेका नेताहरुलाई समाउन सकेको छैन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतस्करीमा पर्सा प्रहरीको कारबाही, ६८ लाखको सामान बोकेको ट्रक नियन्त्रणमा
मंसिर १०, २०८१ सोमबार
३ सय ५६ ग्राम सुनसहित एक भारतीय नागरिक पक्राउ
कात्तिक २६, २०८१ सोमबार
५ केजी सुनसहित विमानस्थलबाट ३ जना विदेशी नागरिक पक्राउ
कात्तिक २१, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
एनपीएलमा उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने
मंसिर ११, २०८१ मंगलबार
निर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
चार महिनामा १ अर्ब ४३ करोड बराबरको सुन भित्रियो, मूल्य घटेपछि बजारमा बढ्यो चहलपहल
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार