चार कम्पनीले हकप्रद शेयर बिक्री गर्न बोर्डसँग मागे अनुमति, कुनले कति जारी गर्दै ?
नेपालबहस संवाददाता
भदौ २५, २०८० सोमबार ११:७:२१
२५ भदौ, काठमाडौं । नेपाल धितोपत्र बोर्डमा ४ वटा कम्पनीले हकप्रद शेयर जारी गर्न अनुमति मागेका छन् । लिवर्टी इनर्जी, ङादी ग्रुप पावर, बरुण हाइड्रोपावर र आँखुखोला जलविद्युत कम्पनीले बोर्डसँग अनुमति मागेका हुन् ।
लिवर्टी इनर्जीले ५०५ अर्थात् १:०.५ अनुपातमा ७५ करोड रूपैयाँ बराबरको हकप्रद जारी गर्न बोर्डसँग अनुमति मागेको हो ।
हाल यसको चुक्ता पुँजी १ अर्ब ५० करोड रूपैयाँ रहेको छ । हकप्रद शेयर निष्काशनपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब २५ करोड रूपैयाँ पुग्नेछ ।
यता, ङादी ग्रुप पावरले १००५ अर्थात् १:१ अनुपातमा १ करोड ८५ लाख १२ हजार ७९२.३२ कित्ता हकप्रद शेयर जारी गर्न बोर्डसँग अनुमति मागेको छ ।
यसको कायम चुक्ता पुँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२.५० रूपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद शेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार रूपैयाँ पुग्नेछ ।
त्यस्तै, बरुण हाइड्रोपावर लिमिटेले पनि १००५ अर्थात्, १:१ अनुपातमा ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर जारी गर्न बोर्डसँग अनुमति मागेको हो ।
यस कम्पनीको हाल कायम चुक्ता पुँजी ५३ करोड ५८ लाख १५ हजार रूपैयाँ रहेको छ । हकप्रद शेयर बिक्रीपछि बरुणको चुक्ता पुँजी १ अर्ब ७ करोड १६ लाख ३० हजार रूपैयाँ पुग्नेछ ।
त्यसैगरी, आँखुखोला जलविद्युतले १५०५ अर्थात्, १:१.५ अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद जारी गर्न बोर्डसँग अनुमति मागेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी ८० करोड रूपैयाँ रहेको छ । हकप्रद सेयर निष्काशनपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब रूपैयाँ पुग्नेछ ।
यी सबै कम्पनीले बोर्डको अनुमति पाएपछि हकप्रद शेयर बिक्री खुला गर्नेछन् । सबैले १०० रूपैयाँ अन्कित मूल्यमा शेयर जारी गर्न अनुमति मागेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरिभर फल्स पावरको सभा आज बस्दै, के-के छन् एजेण्डा ?
बैशाख २०, २०८१ बिहिबार
क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने
बैशाख १९, २०८१ बुधबार
पिपुल्स पावरको साधारणसभा आज, मुख्य एजेण्डा के हो ?
बैशाख १७, २०८१ सोमबार
भारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
अस्पतालमा आगलागी हुँदा सात नवजात शिशुको मृत्यु
नेपालबहस संवाददाता
जेठ १३, २०८१ आइतबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
जेठ १३, २०८१ आइतबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
तराईमा केही दिन अत्यधिक गर्मीको सम्भावना, सतर्कता अपनाउन अनुरोध
जेठ १३, २०८१ आइतबार
मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी छु : सन्दीप
जेठ १४, २०८१ सोमबार
नेप्से सामान्य अंकले बढ्यो, तीन अर्ब ८९ करोडभन्दा बढीको कारोबार
जेठ १४, २०८१ सोमबार
गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्धको रिटमाथि प्रारम्भिक सुनुवाई बुधबार हुने
जेठ १४, २०८१ सोमबार
भारतको उत्तरी क्षेत्रमा तापक्रम ५० डिग्री सेल्सियस, जनजीवन प्रभावित
जेठ १४, २०८१ सोमबार
गाजाको राफाह शिविरमा इजरायली आक्रमणमा परी मृत्यु हुनेको संख्या ४० पुग्यो
जेठ १४, २०८१ सोमबार