चिरख्वा हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
नेपालबहस संवाददाता
भदौ २५, २०८० सोमबार ११:१२:१४
२५ भदौ, काठमाडौं । चिरख्वा हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज भदौ २५ गते सोमबार अन्तिम दिन हो ।
आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले आज कार्यालय समयभित्र यस कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् । यस कम्पनीले साउन २८ गतेदेखि आईपीओ बिक्री खुला गरेको हो ।
यस हाइड्रोपावरले स्थानीयलाई जारी पुँजी ४० करोड रूपैयाँको १०५ अर्थात् ४ करोड रूपैयाँ बराबरको सेयर बिक्रीमा ल्याएको हो । यसआधारमा १ सय अंकित मूल्यमा ४ लाख कित्ता शेयर स्थानीयलाई आईपीओ जारी गरेको छ । कम्पनीले आयोजना अति प्रभावित क्षेत्र भोजपुर जिल्लाको स्थानीय बासिन्दालाई निष्कासन गरेको हो ।
यसमा लगानीकर्ताले न्यूनतम् १० कित्ता देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । क्रेडिट रेटिङ संस्था इक्रा नेपालले यस कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जानाउने ‘इक्रा एनपी इस्यूअर डबल बी माइनस रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
स्थानीयले यस आयोजनाको आयोजना स्थलमा रहेको राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र लक्ष्मी सनराइज बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रूपैयाँ शुल्क बुझाउनु पर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालले ८८ प्रतिशत हकप्रद शेयर जारी गर्दै
मंसिर ७, २०८१ शुक्रबार
अपि पावरको साधारण सभाले पारित गर्यो ४९ मेगावाटमा लगानी गर्ने प्रस्ताव
कात्तिक १२, २०८१ सोमबार
विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा प्रभु क्यापिटलद्वारा प्रशिक्षण कार्यक्रम सञ्चालन
कात्तिक ११, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
धेरै भात खानेमा एसियाली भन्दा अफ्रिकामा बढी
मंसिर १२, २०८१ बुधबार
पुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
मौद्रिक नीति समीक्षा सार्वजनिक गर्ने तयारीमा राष्ट्र बैंक
मंसिर १२, २०८१ बुधबार
फापरखेतीप्रति किसानको आकर्षण घट्दै
मंसिर १२, २०८१ बुधबार
धरहराबाट उपत्यका नियाल्ने रहर
मंसिर १२, २०८१ बुधबार