संखुवासभा कारागारका कैदी हत्या प्रकरण : प्रतिवादी ६ प्रहरी र ८ कैदीबन्दीको अदालतमा बयान

नेपालबहस संवाददाता
भदौ २५, २०८० सोमबार १२:३०:३

२५ भदौ, काठमाडौं । सङ्खुवासभा जिल्ला कारागार खाँदबारीमा दुईजना कैदीबन्दी हत्या प्रकरणमा पक्राउ परेका प्रहरीसहितका अभियुक्तसँग बयान सुरु भएको छ । हत्यामा १५ जना अभियुक्तसँग सोमबारदेखि जिल्ला अदालतमा न्यायाधीशसामू बयान सुरु भएको हो ।
हत्या प्रकरणमा ७ प्रहरी र ८ जना कैदीबन्दीविरुद्ध जिल्ला अदालत सङ्खुवासभा चैनपुरमा शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयले कर्तव्य गरी जयन लिएको कसुरमा ज्यान मुद्दा दर्ता गराएका हुन् । कर्तव्य ज्यान मुद्दा दायर गरिएको थियो । न्यायाधीश टेकनाथ गौतमको इजलासमा कैदी हत्या प्रकरणका अभियुक्तसँग बयान सुरु भएको भएको जिल्ला अदालतका स्रेस्तेदार रामचन्द्र केसीले जानकारी दिएका छन् । बयान सकिन ३ देखि ४ दिनसम्म लाग्ने जनाइएको छ ।
हत्या प्रकरणमा प्रहरीहरु प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी, प्रहरी जवान सुमन गुरुङ, कारागार सुरक्षा गार्ड दमनसिंह राई, हबल्दार राजकुमार श्रेष्ठ, जवान पवनकुमार महतो, सुरक्षा गार्ड नुसन राईविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको छ । आरोप लागेसँगै उनीहरु जागिरबाट निलम्बित छन् ।
यस्तै, अभियुक्त कैदीहरुमा चौकीदार राम कार्की, बडानाइके अनिष शर्मा कट्टेल, सचिन राई, सहनाइके सुमन सारुमगर, टीकाराम चौहान, नवीनकुमार राई तथा कैदीहरू मीनबहादुर तामाङ र इन्द्रध्वज घिमिरे रहेका छन् ।
गएको साउन २४ गते राति कारागारको शौचालयको झ्या फोडेर कैदीद्वय सङ्खुवासभाको मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीलाई नियन्त्रणमा लिई चरम यातना दिएर हत्या गरेको अभियोग उनीहरुमाथि लागेको छ । ताेलांगी चाेरी र बलामी बलात्कार कसुरमा जेल सजाय काटिरहेका थिए ।
प्रकरणमा पक्राउ परेकामध्ये कारागारका ३ कर्मचारी र ३ जना प्रहरीलाई भने मुद्दा नचलाउने निर्णय गरेको छ । मृतक परिवारले कारागारका जेलर राजेन्द्र घिमिरेविरुद्ध पनि जाहेरी परेको र तर उनलाई मुद्दामा प्रतिवादी बनाइएको छैन । घिमिरेसहित ३ कर्मचारी र ३ प्रहरीलाई शुक्रबार नै छाडिसकेको छ ।
प्रतिवादी बनाइएका १५ विरुद्ध वकिलको कार्यालयबाट मुलुकी अपराधसंहिता, २०७४ को दफा ४१, दफा १७७ र दफा १८६ र अपराध पीडित संरक्षण ऐन, ७५ को क्षतिपूर्तिसम्बन्धी व्यवस्था आकर्षित हुने गरी मुद्दा दर्ता भएको छ ।
बयान सकिएपछि थुनछेक बहस सुरू हुनेछ । बहस सकेपछि थुनामा पठाउने या साधारण तारेख वा धराैटीमा थुना मुक्त गर्नेबारे फैसला हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवन अतिक्रमण गरेर बनाइएका टहरा हटाइयो
फागुन ३, २०८१ शनिबार
‘बाल विवाह सामाजिक समस्या’
फागुन १, २०८१ बिहिबार
‘शिक्षा क्षेत्र देश विकासका लागि महत्त्वपूर्ण’
माघ २७, २०८१ आइतबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
भद्रपुर झापा गोल्डकप : झापा–११ फाइनलमा प्रवेश
फागुन १४, २०८१ बुधबार
राजदूत नेपालद्वारा स्पेनका राजासमक्ष ओहदाको प्रमाणपत्र पेस
फागुन १४, २०८१ बुधबार
पाल्पामा जन्मिएका मगर बेलायत ननिटनको मेयरमा मनोनीत
फागुन १४, २०८१ बुधबार
महाशिवरात्रिः राष्ट्रपति पौडेलले गरे पशुपतिनाथको दर्शन
फागुन १४, २०८१ बुधबार
जनकपुरधाममा लक्ष्यको तुलनामा कम धान खरिद
फागुन १४, २०८१ बुधबार
उपत्यकाबाहिरका शिवालयमा पनि भक्तजनको घुइँचो
फागुन १४, २०८१ बुधबार